नेपाल हेलथ न्युज, काठमाडौं। नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनका क्रममा सहभागी प्रतिनिधिहरूका लागि गोदावरीस्थित महाधिवेशनस्थलमा स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिएको छ। यो सेवा राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको समन्वयमा जारी छ।
महासङ्घकी उपाध्यक्ष अमृता वरालका अनुसार अहिलेसम्म परीक्षण गरिएकामध्ये धेरैजसो प्रतिनिधिमा उच्च रक्तचाप र मधुमेहका समस्या देखिएको छ। २१ (भदौमा) मात्रै ४५० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो, जसमा ४ जनालाई थप उपचारका लागि अस्पतालमा रिफर गरिएको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार २८८ जनालाई नियमित औषधी सेवन गर्न सिफारिस गरिएको छ। हामीले परीक्षण गरेका धेरैजसो प्रतिनिधिमा दीर्घरोग देखिएको छ, उहाँले भन्नुभयो।
महाधिवेशनको पहिलो दिन, २० भदौमा सञ्चालन गरिएको शिविरमा १५१ जनाले सेवा लिएका थिए। तीमध्ये दुई जनाको अवस्था गम्भीर भएपछि पाटन र वीर अस्पताल पठाइएको थियो।
महासङ्घका महासचिव भीमराज सिंहले शिविरमा सामान्य स्वास्थ्य परीक्षण, दन्त जाँच, मधुमेह तथा रक्तचाप परीक्षण लगायतका सेवा दिइएको जानकारी दिनुभयो। साथै आकस्मिक अवस्थाका लागि दुई वटा एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ।
स्वास्थ्य शिविर बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भइरहेको छ। ११६ जना स्वास्थ्यकर्मीको टोली—चिकित्सक, नर्स, र प्रयोगशाला प्राविधिकसहित—ले महाधिवेशन अवधिभर प्रतिनिधिहरूलाई निःशुल्क स्वास्थ्य सेवा दिइरहेका छन्।
मापदण्ड विपरीत सञ्चालित बुढानीलकण्ठको आयुर्वेद संस्था बन्द
बिहीबार, असोज १५, २०८३
तीन महिनाभित्र स्वास्थ्य सेवा निःशुल्क नभए आमरण अनशन बस्ने सांसद तामाङको चेतावनी
बिहीबार, असोज १५, २०८३
डा. विश्वराज दवाडी कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित
बिहीबार, असोज १५, २०८३
छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य
बिहीबार, असोज १५, २०८३
