नेपाल हेल्थ न्युज, काठमाडौं । देशका विभिन्न स्थानमा देखिएको हैजाको प्रकोपलाई मध्यनजर गर्दै, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोलेरा किट उपलब्ध गराएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा आज स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा औपचारिक रूपमा किट हस्तान्तरण गरिएको हो।
हाल देखिएको हैजाको प्रकोप नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी बनाउने उद्देश्यले यो सामग्री उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।
कार्यक्रममा मन्त्री पौडेलले हैजा प्रभावित क्षेत्रहरूमा विशेषज्ञ स्वास्थ्यकर्मीहरूको टोली खटाइसकिएको जानकारी दिँदै, स्वास्थ्य सेवा प्रवाहलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“हामीले हैजाको जोखिम रहेका क्षेत्रहरूमा तत्काल प्रतिक्रिया दिने रणनीति अपनाएका छौं। अनुगमन जारी छ र आवश्यकता अनुसार थप स्रोत र जनशक्ति परिचालन गर्ने तयारीमा छौं,” मन्त्री पौडेलले भन्नुभयो।
डब्लुएचओले उपलब्ध गराएको कोलेरा किटमा हैजाको प्रारम्भिक परीक्षणका लागि आवश्यक रिएजेन्ट्स, पुनर्जलीय झोल, आइभी फ्ल्युड्स, एन्टिबायोटिक लगायत ८७ प्रकारका स्वास्थ्य सामग्री समावेश छन्।
यी किटहरू स्वास्थ्य सेवा विभागमार्फत हैजा प्रभावित जिल्लाहरूमा रहेका अस्पताल, स्वास्थ्य कार्यालय तथा स्थानीय तहमा शीघ्र पठाउने व्यवस्था मिलाइएको छ।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
