नेपाल हेल्थ न्युज, काठमाडौं । सोमबार काठमाडौंमा नयाँ पुस्ताका युवाहरू (जेनजी) आन्दोलनमा सहभागीद्वारा गरिएको प्रदर्शनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको छ।
शिक्षण अस्पतालको फोरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार हालसम्म १६ वटा शव अस्पतालमा पुर्याइएको छ। शव आउने क्रम जारी छ, डा. चौधरीले जानकारी दिँदै भन्नुभयो, अहिलेसम्म १६ वटा शव आएका छन्, बाँकी अरू अस्पतालमा हुन सक्छन्।
उहाँका अनुसार हालसम्म शवहरूको पोस्टमार्टम प्रक्रिया सुरु भएको छैन। पोस्टमार्टम अघि प्रहरी प्रशासनबाट आवश्यक स्वीकृति-पत्र आवश्यक पर्छ।
प्रहरीको औपचारिक पत्र नआएसम्म हामी पोस्टमार्टमको प्रक्रिया अगाडि बढाउन सक्दैनौं, डा. चौधरीले स्पष्ट पार्नुभयो, पत्र प्राप्त भएपछि मात्र प्रक्रिया सुरु हुनेछ।
अहिले अस्पतालमा ल्याइएका सबै शवहरू फ्रिजमा सुरक्षित राखिएको जनाइएको छ। सोमबारको प्रदर्शनमा झडपका कारण करिब ४ सयभन्दा बढी प्रदर्शनकारी घाइते भएका थिए भने १९ जनाको मृत्यु भएको पुष्टि भएको छ।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

