नेपाल हेल्थ न्युज, काठमाडौं । पूर्व शिक्षामन्त्री तथा सांसद सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेको घोषणा गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत् सार्वजनिक रूपमा जानकारी दिँदै उहाँले पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।
श्रेष्ठले पार्टी नेतृत्वले बारम्बार गल्ती गर्दा पनि त्यसको जिम्मेवारी लिन नचाहेको आरोप लगाउनुभएको छ। उहाँले भन्नुभयो, “गल्तीलाई स्वीकार नगरी फेरि गल्ती दोहोर्याउने प्रवृत्ति देखिएको छ, जुन मलाई स्वीकार्य थिएन। त्यसैले पार्टी छोड्ने निर्णय गरेँ।”
उहाँले आलोचना गर्ने सदस्यहरूलाई संगठनभित्रै हेपिने, मिडियामार्फत दबाब सिर्जना गरिने र नेतृत्वलाई मात्र केन्द्रमा राखिने संस्कृतिको विरोध गर्नुभएको छ।
श्रेष्ठका अनुसार पार्टीले “देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि व्यक्ति” राख्न थालेपछि आफू निरन्तर आलोचक बन्नुपरेको थियो।
यसअघि उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको सह–महामन्त्री पदबाट राजीनामा दिनुभएको थियो। सांसदको हैसियतमा संगठनात्मक जिम्मेवारी सम्हाल्न कठिन भएको जनाउँदै उहाँले उक्त पद त्याग गर्नुभएको हो। यद्यपि, अहिले उहाँले पार्टी सदस्यता नै परित्याग गर्ने निर्णय लिनुभएको छ। समानुपातिक सांसदको रूपमा निर्वाचित हुनुभएका उहाँले, प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षामन्त्रीको पद सम्हाल्नुभएको थियो।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
