नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य क्षेत्रमा बढ्दो राजनीतिक हस्तक्षेप र दलगत भागबण्डाविरुद्ध आवाज उठाउँदै जेनजी डक्टर्स एशोसिएसनले सातबुँदे माग सार्वजनिक गरेको छ।
एक विज्ञप्ति मार्फत एशोसिएसनले मुलुकका अस्पताल र मेडिकल कलेजहरू जनताको ज्यान जोगाउने जिम्मेवारीमा रहने संवेदनशील संस्था भए पनि आज राजनीतिक स्वार्थ र भागबण्डाको अखडा बन्न थालेको भन्दै गम्भीर आपत्ति जनाएको छ।
विज्ञप्तिमा योग्यता र दक्षता बेवास्ता गरी गरिएका राजनीतिक नियुक्तिहरूका कारण चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्रणाली गम्भीर संकटमा परेको उल्लेख छ।
जेनजी डक्टर्स एशोसिएसनको सातबुँदे माग यसप्रकार छन्ः
१) योग्यता र दक्षता मिचेर गरिएको सबै राजनीतिक नियुक्तिहरू तत्काल राजीनामा दिनुहोस्।
२) स्वास्थ्य मन्त्रीको नियुक्ति स्वास्थ्य क्षेत्र तथा मेडिकल समुदाय (फ्रेटर्निटी) बाट गरियोस्।
३) नेपाल मेडिकल काउन्सिल र नेपाल मेडिकल एसोसिएसनलाई राजनीतिक दलहरूको प्रभावबाट स्वतन्त्र गरियोस्।
४) राजनीतिक दलसँग आबद्ध सम्पूर्ण चिकित्सक संगठनहरू तुरुन्त विघटन गरियोस्।
५) नियुक्ति प्रक्रिया योग्यता र पारदर्शितामा आधारित बनाइयोस्।
६) स्वास्थ्य क्षेत्रलाई ‘राजनीति(मुक्त क्षेत्र’ घोषणा गरियोस्।
७) स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सुनिश्चित गर्न गठित संघर्ष समितिसँग भएका सहमति तथा प्रतिवेदनहरूको पूर्ण कार्यान्वयन गरियोस्।

३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

