नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्थगनमा परेको १५औँ नाम दर्ता प्रमाणपत्र परीक्षाको नयाँ मिति सार्वजनिक गरेको छ।
परिषद्का अनुसार परीक्षा अब आउने असोज २३ र २४ गते सञ्चालन हुने भएको छ।
यसअघि परीक्षा भाद्र २५ र २६ गतेका लागि तोकिएको थियो, तर जेनजी आन्दोलनका कारण अनिश्चितकालका लागि स्थगित गरिएको थियो।
परीक्षासम्बन्धी सबै जानकारीका लागि परिषद्ले परीक्षार्थीहरूलाई आफ्नो आधिकारिक वेबसाइट र फेसबुक पेज नियमित रूपमा हेर्न अनुरोध गरेको छ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

