नेपाल हेल्थ न्युज, काठमाडौं । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल (अफिन) ले हालै अस्पताल सञ्चालक र उनीहरूको घरमा भएको आगजनी, तोडफोड तथा लुटपाट घटनाप्रति गम्भीर आपत्ति प्रकट गरेको छ।
अफिनका अध्यक्ष डा. पदमबहादुर खड्काले विज्ञप्ति जारी गर्दै यस्ता अमानवीय गतिविधिलाई सभ्य समाजले स्वीकार गर्न नसक्ने बताएका छन्। उनका अनुसार भदौ २३ र २४ गतेका घटनाले निजी स्वास्थ्य क्षेत्रमा ठूलो भौतिक तथा आर्थिक क्षति पुर्याएको छ।
विज्ञप्तिमा उल्लेख भएअनुसार घटनाबाट अफिनका निवर्तमान अध्यक्ष तथा नर्भिक हस्पिटलका अध्यक्ष वसन्तकुमार चौधरी, मेडिसिटी हस्पिटलका अध्यक्ष डा. उपेन्द्र महतोसहितका सञ्चालक र कर्मचारी प्रभावित भएका छन्।
अफिनले निजी स्वास्थ्य क्षेत्रले देशमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउँदै आएको मात्र नभई राज्यलाई ठूलो मात्रामा राजस्व उपलब्ध गराउँदै राष्ट्रलाई महत्वपूर्ण योगदान दिइरहेको स्मरण गराएको छ। विज्ञप्तिमा सरकारलाई दोषीमाथि छानबिन गरी कडा कानुनी कारबाही गर्न र पीडित उद्योगी, व्यापारी तथा स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्ने वातावरण बनाउन जोडदार माग गरिएको छ।
संगठनले आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतक आत्माको चीर शान्ति र शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी प्रार्थना गरेको छ। साथै घाइतेहरूको उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूको योगदानलाई उच्च सम्मानका साथ धन्यवाद व्यक्त गरेको छ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
