नेपाल हेल्थ न्युज, तनहुँ । शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवाको पहुँच वृद्धि गरिएको छ। पूर्वाधार र उपकरण विस्तारसँगै अब साप्ताहिक ३० जना मिर्गौलारोगीले सेवा लिन सक्ने भएका छन्।
यसअघि साप्ताहिक १५ जनामात्र सेवा लिइरहेका थिए। अब भने क्षमतावृद्धिपछि दैनिक आधारमा सेवा उपलब्ध हुने सम्भावना बढेको छ। केन्द्रका बोर्ड सदस्य त्रिलोचन लम्सालका अनुसार मिर्गौला पीडितको चापलाई ध्यानमा राख्दै सेवा विस्तार गरिएको हो।
डायलासिस युनिटमा हाल सात वटा आधुनिक उपकरण जडान गरिएको छ, जसको व्यवस्था लायन्स क्लब अफ नेपालले अनुदानमार्फत गरेको हो। शुक्लागण्डकी क्षेत्रमा सक्रिय विभिन्न लायन्स क्लबहरूको पहलमा उक्त सेवा सञ्चालनमा आएको हो।
केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले यस सेवाबाट शुक्लागण्डकी र वरपरका स्थानीय बासिन्दा लाभान्वित भइरहेका जानकारी दिनुभयो। यसअघि नजिकै डायलासिस सेवा नभएकाले दमौली वा अन्य ठूला अस्पताल धाउनुपर्ने बाध्यता थियो।
श्वासप्रश्वाससम्बन्धी गुणस्तरीय उपचार केन्द्रको रूपमा विकास गर्न सरकारको योजना अनुसार यस संस्थाको स्थापना गरिएको हो। पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित यस केन्द्रका लागि ७४० रोपनी भूमि प्रदान गरिएको छ।
उपचार केन्द्रबाट तनहुँ जिल्लाको शुक्लागण्डकी, भीमाद, म्याग्दे, रिसिङ, साथै स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका विभिन्न गाउँपालिका क्षेत्रका नागरिकले सेवा लिइरहेका छन्।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
