नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी सरुवा, काज तथा कामकाजसँग सम्बन्धित सबै प्रकारका प्रशासनिक प्रक्रिया हाललाई रोक्ने निर्णय गरेको छ।
मन्त्रालयले दिएको जानकारी अनुसार, हालै भदौ २३ र २४ गतेका दिन भएको प्रदर्शनको क्रममा मन्त्रालय भवनमा आगलागी हुँदा संरचना र कागजातहरू पूर्णरूपमा नष्ट भएकाले यस्तो कदम चालिएको हो।
आगोले पुराना अभिलेखहरु जलेर नष्ट भएका कारण हाललाई अत्यावश्यक सेवा बाहेक अन्य प्रशासनिक कामहरू अर्को सूचना नभएसम्मका लागि अगाडि नबढाइने मन्त्रालयले स्पष्ट पारेको छ।
यस निर्णयका कारण सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति मन्त्रालयले क्षमायाचना पनि व्यक्त गरेको छ। मन्त्रालयका शाखा अधिकृत अपिल पन्तद्वारा यो सूचना जारी गरिएको हो।
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३
शल्यक्रियापछि बिरामीको मृत्यु हुँदा जनकपुरको कृष्णा अस्पतालमा तोडफोड
शुक्रबार, वैशाख १८, २०८३ट्रेन्डिङ

