नेपाल हेल्थ न्युज, बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले वडा नं ७, रेशमा पाँच शय्याको आधारभूत अस्पताल निर्माण कार्य सम्पन्न गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा पालिकाले विनियोजन गरेको झण्डै रु ३ करोड ६४ लाख ६५ हजारमा लागतमा अस्पताल निर्माण गरिएको हो।
गाउँपालिकाले स्वास्थ्य सेवा पहुँचमा ल्याउने दीर्घ लक्ष्यअन्तर्गत तीन वर्ष अघिदेखि प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गर्दै आएको छ। अहिले सातवटै वडामा स्वास्थ्य चौकी सञ्चालनमा छन् भने थप चार स्थानमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भइसकेका छन्।
पालिका अध्यक्ष राजु थापाका अनुसार, गाउँमै जटिल स्वास्थ्य समस्या समाधान गर्न सकिने गरी गुणस्तरीय सेवा दिन अस्पताल आवश्यक भएकाले रेशमा अस्पताल निर्माण गरिएको हो। “गाउँमै स्वास्थ्य सेवा लिने वातावरण बनाउन र सहज पहुँच सुनिश्चित गर्न हामी लगातार काम गरिरहेका छौँ,” अध्यक्ष थापाले बताउनुभयो।
निर्माण कार्य साउन २०८१ मा सुरु गरिएको भए पनि योजना अनुसार १६ महिनाको अवधि नपुगी करिब ६ महिना अगावै निर्माण कार्य सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो। केही समयमै सेवा सञ्चालनमा आउने जनाइएको छ।
वडाध्यक्ष प्रेम लामिछानेका अनुसार, यसअघि रेशमा स्वास्थ्य चौकी मात्रै रहेकोमा अब सो सेवाहरू नयाँ अस्पतालमा गाभिने छन्। साथै, सेवा विस्तार गर्दै अस्पतालमा उपचारको दायरा बढाइने योजना रहेको उहाँले बताउनुभयो।
पछिल्ला वर्षहरूमा पालिकाले वडा नं १ दोबिल्ला, वडा नं ४ फापरखेत, वडा नं ५ बिहुँ, र वडा नं ८ कादेसमा समेत आधारभूत स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएर गाउँस्तरमै स्वास्थ्य सेवा विस्तार गर्दै आएको छ।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

