नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालको स्वास्थ्य प्रशासन र राजनीति दुवै क्षेत्रको एउटा चर्चित नाम हुन्— डा. सङ्गीता मिश्र। तर चर्चाको कारण कहिल्यै पनि जनताका लागि सकारात्मक उपलब्धि होइन, बरु चरम अवसरवाद र विवादकै कारण बनेको हो भन्ने आरोप सधैं उहाँमाथि लागिरह्यो।
नागरिकता र परिचयमै प्रश्नचिन्ह
डा. मिश्राको नागरिकताको सवाल लामो समयदेखि उठ्दै आएको छ। उहाँ भारतीय नागरिक भएकी तर नेपाल सरकारको सेवामा लामो समय काम गरिरहनुभएको भन्ने आरोप सर्वत्र सुनिन्छ। यस्तै अवस्थामा पनि सत्ता र पावरसँग घुलमिल गरेर आफूलाई पदमा टिकाइराख्ने उहाँको क्षमता असाधारण बताइन्छ।
मन्त्रीको पछाडि सधैँ
उहाँ जहाँ भए पनि, जसले स्वास्थ्य मन्त्रालय सम्हाले पनि, उहाँको नजिक–नजिकै हुने बानी विगतमा बारम्बार देखिएको छ। आफ्नै कार्यालयभन्दा बढी समय स्वास्थ्य मन्त्रालयमै बिताउने, मन्त्रीसँग आफूलाई देखाउने, अनि राजनीतिक माहोल मिलाएर अवसर खोज्ने उहाँको शैलीले उहाँप्रति अविश्वास बढाउँदै ल्यायो।
अक्तियारमा दर्जनौँ मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अक्तियार) मा डा. मिश्राविरुद्ध दर्जनभन्दा बढी भ्रष्टाचारका मुद्दा दर्ता भएका छन्। विशेषगरी उपकरण खरिद, स्वास्थ्य क्षेत्रका ठेक्का र प्रशासनिक निर्णयमा अनियमितता भएको आरोप उहाँसँग जोडिएको छ।
सचिव बन्न असफल, महिनौँ बिदा
गत वर्ष सचिव बन्ने ठूलो महत्त्वाकांक्षा राखेकी डा. मिश्राले त्यसबेला मिडियामा ठूलो हल्ला मच्चाउनुभयो। तर पावर नपुगेर सचिव बन्न नसकेपछि उहाँ ६ महिनाभन्दा बढी बिदा बस्नुभयो। त्यो बिदा पनि मन्त्रालयलाई घाटा हुने गरी खाइयो भन्ने आरोप छ।
अचानक राजीनामा, अचानक मन्त्री
अहिले भने पावरले काम गरेको देखिन्छ। उहाँले सरकारी जागिरबाट अचानक राजीनामा दिनुभया। केही दिनमै स्वास्थ्य मन्त्री बन्ने मौका पाउनुभयो मात्र, इतिहासकै पानामा “महिला स्वास्थ्य मन्त्री” भनेर नाम लेखाउने अवसर समेत मिल्यो। आलोचकहरू भन्छन् — “जेनजी आन्दोलनपछि कतिपयको भाग्य पल्टिएको छ, सङ्गीता मिश्र पनि त्यही भाग्यमानीमध्येकी हुन्।”
प्रश्नः जनस्वास्थ्य कहाँ पुग्छ ?
उहाँ मन्त्री भएपछि देशले महिला स्वास्थ्य मन्त्री पाएकोमा औपचारिक बधाई दिन सकिन्छ। तर प्रश्न भने यहीँ छ — विगतमा उपकरण खरिदमै विवादित बनेकी व्यक्तिले अब सुधार ल्याउनुहुन्छ त ? अक्तियारमा मुद्दा भोगिरहेका मन्त्रीसँग जनताले के आशा गर्ने ? पावर–सत्ता र व्यक्तिगत स्वार्थबाहेक जनस्वास्थ्यलाई प्राथमिकतामा राख्ने संकेत देखिन्छ ?
डा. सङ्गीता मिश्राको नयाँ यात्रा इतिहासमा महिला स्वास्थ्य मन्त्रीको नाममा सुनौलो अक्षरले लेखिन सक्छ। तर विगतका छायाँ, भ्रष्टाचारका आरोप र चरम अवसरवादको कथा भने मेटिन सकेका छैनन्। जनताले अब हेरिरहेका छन् — यो कुर्सी देशका लागि प्रयोग हुन्छ कि व्यक्तिगत महत्वाकांक्षाका लागि ?
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
