नेपाल हेल्थ न्युज, काठमाडौं । मङ्गलबार हिंसात्मक प्रदर्शनका क्रममा आगलागीको कारण गम्भीर घाइते भएकी झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको थप उपचार भारतमा हुने भएको छ। हाल कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारलाई ज्वरो र निमोनियाको लक्षण देखिएपछि दिल्लीस्थित एपोलो अस्पताल लैजाने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ।
उपचारकै क्रममा उनको बाँया हात काट्नु परेको भए पनि स्वास्थ्यमा केही सुधार देखिएको चिकित्सकहरूले बताएका छन्। बर्न अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईका अनुसार, हाल ज्यान भने खतरामुक्त अवस्थामा रहेको छ। तर, फोक्सोमा पुगेको ग्यास र निमोनियाको कारण उनलाई अझै समय लाग्न सक्ने बताइएको छ।
आगलागीका कारण शरीरको करिब १५ प्रतिशत भाग जलेको जनाइएको छ। भारत जान लागेकी चित्रकारको उपचारलाई लिएर परिवारले थप सावधानी अपनाइरहेको छ।
मङ्गलबार हिंसात्मक प्रदर्शनका क्रममा आन्दोलनकारीले डल्लुस्थित झलनाथको घरमा आगो लगाउँदा समयमै बाहिर निस्किन नसक्दा गम्भीर घाइते भएकी थिन्।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
