नेपाल हेल्थ न्युज, काठमाडौं । मङ्गलबार हिंसात्मक प्रदर्शनका क्रममा आगलागीको कारण गम्भीर घाइते भएकी झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको थप उपचार भारतमा हुने भएको छ। हाल कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चित्रकारलाई ज्वरो र निमोनियाको लक्षण देखिएपछि दिल्लीस्थित एपोलो अस्पताल लैजाने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ।
उपचारकै क्रममा उनको बाँया हात काट्नु परेको भए पनि स्वास्थ्यमा केही सुधार देखिएको चिकित्सकहरूले बताएका छन्। बर्न अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईका अनुसार, हाल ज्यान भने खतरामुक्त अवस्थामा रहेको छ। तर, फोक्सोमा पुगेको ग्यास र निमोनियाको कारण उनलाई अझै समय लाग्न सक्ने बताइएको छ।
आगलागीका कारण शरीरको करिब १५ प्रतिशत भाग जलेको जनाइएको छ। भारत जान लागेकी चित्रकारको उपचारलाई लिएर परिवारले थप सावधानी अपनाइरहेको छ।
मङ्गलबार हिंसात्मक प्रदर्शनका क्रममा आन्दोलनकारीले डल्लुस्थित झलनाथको घरमा आगो लगाउँदा समयमै बाहिर निस्किन नसक्दा गम्भीर घाइते भएकी थिन्।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
