नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ नेतृत्वका लागि पूर्वसचिव डा. किरण रेग्मी र डा. सुधा शर्माको नाम प्रधानमन्त्री निवासमा सिफारिस गरिएको छ।
स्वास्थ्य क्षेत्रमा लामो अनुभव बोकेका दुवै जना विवादरहित र सक्षम महिलाका रूपमा परिचित छन्। प्रधानमन्त्री कार्यालयले उनीहरूको बायोडाटा माग गर्दै प्रक्रिया अगाडि बढाएको स्रोतले जनाएको छ। पहिले चर्चामा रहेकी डा. संगीता कौशल मिश्रको सम्भावना टुंगिएपछि नयाँ नाम खोजी भएको हो।
डा. रेग्मीले स्वास्थ्य संरचना संघीय प्रणालीमा रुपान्तरण गर्ने क्रममा सचिवका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। उनले भारत, स्कटल्याण्ड, अष्ट्रेलिया र अमेरिकाबाट चिकित्सा तथा जनस्वास्थ्यमा उच्च अध्ययन गरेकी छन्।
त्यस्तै, डा. सुधा शर्मा जनआन्दोलनका क्रममा चिकित्सक संघको अध्यक्षका रूपमा अग्रपंक्तिमा रहिन्। राजनीतिक हस्तक्षेपको विरोधस्वरूप सचिव पदबाट राजीनामा दिएकी उनी युएन, डब्लुएचओलगायत अन्तर्राष्ट्रिय संस्थामा पनि नेतृत्वदायी भूमिका निभाइसकेकी छन्।
हालसम्म कुनै निर्णय भइसकेको छैन, तर प्रधानमन्त्रीको रोजाइमा यी दुईमध्ये एकलाई मन्त्री बनाउने सम्भावना उच्च देखिएको छ।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
