नेपाल हेल्थ न्युज, काठमाडौं । ललितपुरस्थित निवासमा आगजनीको शिकार भएकी अमृत साइन्स क्याम्पस (अस्कल) की भौतिकशास्त्र विषयकी पूर्व प्राध्यापक रविलक्ष्मी चित्रकारको सहानुभूति व्यक्त गर्दै पूर्वमन्त्री प्रदीप पौडेलसहित आठ जना व्यक्तित्वहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्।
प्रेस विज्ञप्तिमा पौडेलसँगै केदार बस्नेत, कुमार गुरुङ, टेकराज पछाइ, प्रेम जैसी, केशवराज पान्डे, कमल बस्नेत र रुद्रहरी पोखरेलको हस्ताक्षर छ। उनीहरूले उक्त घटनालाई ‘अमानवीय र नृशंस’ भन्दै कडा शब्दमा आलोचना गरेका छन्।
चित्रकारलाई “सादा जीवन र उच्च विचारकी प्रतिमूर्ति” भन्दै विज्ञप्तिमा सम्मान व्यक्त गरिएको छ। उनी हजारौं विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गरिएको छ।
भदौ २४ गते, जेन९जी आन्दोलनको क्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रहेकी चित्रकारको घरमा आगजनी गरिएको थियो। घटनामा गम्भीर घाइते भएकी उनी हाल कीर्तिपुरस्थित बर्न अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दिल्लीको एपोलो अस्पताल लगिएको छ।
चिकित्सकहरूको अनुसार, उनको शरीरको करिब १५ प्रतिशत भाग जलेको छ भने देब्रे हात काट्नुपरेको छ। बर्न अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईका अनुसार फोक्सोमा धुवाँका कारण निमोनिया भएको भए पनि ज्यानलाई तत्काल खतरा छैन।स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाउँदै चिकित्सकहरूले पूर्ण निको हुन केही समय लाग्ने बताएका छन्।
अस्कल परिवारले चित्रकारप्रति गहिरो चिन्ता व्यक्त गर्दै घटनामा संलग्न दोषीलाई शीघ्र पहिचान गरी कानुनी कारबाही गर्न माग गरेको छ। उनीहरूले पीडित पक्षसँग निरन्तर साथ र सहानुभूति रहने प्रतिबद्धता जनाएका छन्।

निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
