नेपाल हेल्थ न्युज, मेलबर्न । सन् २०२३ को अभूतपूर्व गर्मीको लहरका कारण करिब एक लाख मानिसको मृत्यु मानव–प्रेरित जलवायु परिवर्तनसँग प्रत्यक्ष सम्बन्धित भएको पाएको छ। अस्ट्रेलियाको नेतृत्वमा गरिएको एक विश्वव्यापी अध्ययनले सो कुराको पुष्टी गरेको हो ।
हालै सार्वजनिक गरिएको उक्त अध्ययनका अनुसार विश्वभर २०२३ मा तातो लहरका कारण अनुमानित १,७८,४८६ जनाको अतिरिक्त मृत्यु भएको थियो, जसमा प्रति १० लाख जनसंख्यामा २३ मृत्यु परेको देखिएको छ। तीमध्ये करिब ५४ प्रतिशत, अर्थात् ९७ हजार मृत्यु, मानव–निर्मित जलवायु परिवर्तनका कारण भएको अध्ययनले निष्कर्ष निकालेको छ।
अध्ययनका लागि अनुसन्धानकर्ताहरूले ६७ देश र क्षेत्रका २,०१३ स्थानबाट जलवायु र मृत्युदरसम्बन्धी तथ्याङ्क सङ्कलन गरी विश्लेषण गरेका थिए। नतिजाले सन् २०२३ लाई औद्योगिक युगअघि भन्दा १।४५ डिग्री सेल्सियस बढी तापक्रमसहित इतिहासकै सबैभन्दा तातो वर्षका रूपमा देखाएको छ।
अस्ट्रेलियाको मोनास विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार दक्षिणी युरोपमा सबैभन्दा बढी मृत्यु दर रेकर्ड गरिएको थियो—प्रति १० लाख जनसंख्यामा १२० मृत्यु। त्यसपछि पूर्वी र पश्चिमी युरोप क्रमशः दोस्रो र तेस्रो स्थानमा परेका थिए।
तातो लहरका कारण भएका अधिकांश मृत्यु उत्तरी गोलार्धका उपोष्णकटिबन्धीय र समशीतोष्ण क्षेत्रमा केन्द्रित रहेको अध्ययनले जनाएको छ। लामो समयसम्मको अत्यधिक तापक्रमले हृदय, श्वासप्रश्वास र दीर्घकालीन स्वास्थ्य समस्या झन् गम्भीर बनाएको उल्लेख गरिएको छ।
अध्ययनले चेतावनी दिँदै भनेको छ, “ग्लोबल वार्मिङ बढ्दै गइरहेको सन्दर्भमा भविष्यमा तातो लहरका कारण हुने मृत्यु घटाउन तत्काल प्रभावकारी सार्वजनिक स्वास्थ्य हस्तक्षेप र जलवायु शमन रणनीति अपनाउन जरुरी छ।” रासस/सिन्ह्वा
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
