नेपाल हेल्थ न्युज, काठमाडौँ । भारतमा निर्मित ‘कोल्ड्रिफ कफ सिरप’ सेवनपछि बालबालिकाको मृत्यु भएको समाचार सार्वजनिक भएपछि औषधी व्यवस्था विभागले उक्त औषधी नेपालमा दर्ता नभएको स्पष्ट पारेको छ।
भारतको श्रीसन फार्मा कम्पनीले उत्पादन गरेको सो कफ सिरप नेपालमा आयात वा बिक्री वितरणका लागि विभागमा दर्ता नगरिएको विभागले जनाएको छ। विभागले एक सूचना जारी गर्दै नेपालमा हाल बिक्रीमा रहेका झोल औषधीहरू सुरक्षित रहेको जनाउँदै उत्पादक र आयातकर्ताहरूलाई आवश्यक सावधानी अपनाउन निर्देशन दिएको छ।
विभागका अनुसार झोल औषधी उत्पादन वा आयात गर्ने उद्योगहरूले आफ्नो उत्पादनमा प्रयोग हुने प्रोपाइलिन ग्लाइकोल, पोलिथिलिन ग्लाइकोल, सोर्बिटोल, ग्लिसरिन जस्ता सहायक कच्चा पदार्थमा इथाइलिन र डाइइथिलिन ग्लाइकोल मिश्रण नभएको सुनिश्चित गर्नुपर्नेछ।
त्यस्तै औषधी उत्पादकहरूले कच्चा पदार्थ आधिकारिक आपूर्तिकर्ताबाट मात्र फर्माकोपियल स्तरको खरिद गर्नुपर्ने र सो पदार्थ प्रयोग गरी तयार पारिएका झोल औषधीको इथाइलिन र डाइइथिलिन ग्लाइकोल परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने निर्देशन पनि विभागले दिएको छ।
विभागले आयातकर्तालाई पनि प्रत्येक ब्याच परीक्षण गरी मिश्रण नभएको प्रमाणित गरेपछि मात्र नेपालमा आयात तथा वितरण गर्न अनुमति दिइने जनाएको छ।
साथै चिकित्सक र फार्मेसीलाई विभागमा दर्ता भएका औषधीहरू मात्र सिफारिस र बिक्री वितरण गर्न आग्रह गरिएको छ। दुई वर्ष वा सोभन्दा कम उमेरका बालबालिकालाई खोकीको औषधी सिफारिस गर्दा वैज्ञानिक प्रमाणका आधारमा मात्र प्रयोग गर्न सुझाव दिइएको छ।
विभागले सर्वसाधारणलाई चिकित्सकको सल्लाहबिना कुनै पनि खोकीको औषधी प्रयोग नगर्न र दर्ता भएका औषधी मात्र प्रयोग गर्न अनुरोध गरेको छ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
