नेपाल हेल्थ न्युज, काठमाडौँ । भारतमा निर्मित ‘कोल्ड्रिफ कफ सिरप’ सेवनपछि बालबालिकाको मृत्यु भएको समाचार सार्वजनिक भएपछि औषधी व्यवस्था विभागले उक्त औषधी नेपालमा दर्ता नभएको स्पष्ट पारेको छ।
भारतको श्रीसन फार्मा कम्पनीले उत्पादन गरेको सो कफ सिरप नेपालमा आयात वा बिक्री वितरणका लागि विभागमा दर्ता नगरिएको विभागले जनाएको छ। विभागले एक सूचना जारी गर्दै नेपालमा हाल बिक्रीमा रहेका झोल औषधीहरू सुरक्षित रहेको जनाउँदै उत्पादक र आयातकर्ताहरूलाई आवश्यक सावधानी अपनाउन निर्देशन दिएको छ।
विभागका अनुसार झोल औषधी उत्पादन वा आयात गर्ने उद्योगहरूले आफ्नो उत्पादनमा प्रयोग हुने प्रोपाइलिन ग्लाइकोल, पोलिथिलिन ग्लाइकोल, सोर्बिटोल, ग्लिसरिन जस्ता सहायक कच्चा पदार्थमा इथाइलिन र डाइइथिलिन ग्लाइकोल मिश्रण नभएको सुनिश्चित गर्नुपर्नेछ।
त्यस्तै औषधी उत्पादकहरूले कच्चा पदार्थ आधिकारिक आपूर्तिकर्ताबाट मात्र फर्माकोपियल स्तरको खरिद गर्नुपर्ने र सो पदार्थ प्रयोग गरी तयार पारिएका झोल औषधीको इथाइलिन र डाइइथिलिन ग्लाइकोल परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने निर्देशन पनि विभागले दिएको छ।
विभागले आयातकर्तालाई पनि प्रत्येक ब्याच परीक्षण गरी मिश्रण नभएको प्रमाणित गरेपछि मात्र नेपालमा आयात तथा वितरण गर्न अनुमति दिइने जनाएको छ।
साथै चिकित्सक र फार्मेसीलाई विभागमा दर्ता भएका औषधीहरू मात्र सिफारिस र बिक्री वितरण गर्न आग्रह गरिएको छ। दुई वर्ष वा सोभन्दा कम उमेरका बालबालिकालाई खोकीको औषधी सिफारिस गर्दा वैज्ञानिक प्रमाणका आधारमा मात्र प्रयोग गर्न सुझाव दिइएको छ।
विभागले सर्वसाधारणलाई चिकित्सकको सल्लाहबिना कुनै पनि खोकीको औषधी प्रयोग नगर्न र दर्ता भएका औषधी मात्र प्रयोग गर्न अनुरोध गरेको छ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
