नेपाल हेल्थ न्युज, काठमाडौँ । निजामती कर्मचारी (सिभिल) अस्पतालले औषधि कम्पनीका मेडिकल प्रतिनिधिहरूलाई अस्पतालमा ड्युटीमा रहेका चिकित्सकसँग भेटघाट नगर्न आग्रह गरेको छ।
अस्पतालले सूचना जारी गर्दै केही औषधि कम्पनिका मेडिकल प्रतिनिधि (एमआर) हरूले आफ्नो कम्पनिको औषधि र उत्पादनको व्यावसायिक प्रवर्द्धनका नाममा चिकित्सकसँग उपचारको समयमै भेटघाट गर्ने गरेको पाइएकाले त्यस्तो कार्य तत्काल रोक्न निर्देशन दिएको हो।
सूचनामा भनिएको छ, “विभिन्न औषधि कम्पनिका एमआरले आफ्नो कम्पनिको व्यवसायिक प्रवर्द्धन गर्न ड्युटीमा रहेका चिकित्सकसँग भेटघाट गर्दा उपचाररत् बिरामीलाई असुविधा पर्न गएको र अस्पतालको कार्यप्रणालीमा नकारात्मक असर परेको पाइएकाले यस्तो कार्य नगर्नुरनगराउनुहुन अनुरोध गरिन्छ।”
अस्पतालका अनुसार ड्युटी समयमा चिकित्सकहरू बिरामीको उपचारमा व्यस्त हुने भएकाले सो समयमा बाह्य भेटघाटले सेवा प्रवाहमा अवरोध उत्पन्न भएको हो। अस्पतालले यस्ता गतिविधि दोहोरिएमा सम्बन्धित कम्पनि र व्यक्तिमाथि नियम अनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ।
हाल देशका ठूला अस्पतालहरूमा औषधि कम्पनिका मेडिकल प्रतिनिधिहरूले आफ्ना उत्पादनको प्रमोशनका लागि चिकित्सकहरूसँग नियमित भेटघाट गर्ने प्रचलन बढ्दै गएको छ। तर उपचारको समयमै चिकित्सकलाई भेट्न जाने प्रवृत्तिले बिरामी सेवामा अवरोध पुर्याउने गरेको भन्दै विभिन्न अस्पतालहरूले समय–समयमा यस्तो गतिविधि नियन्त्रणका निर्देशन जारी गर्दै आएका छन्।
सिभिल अस्पतालले पनि बिरामी सेवालाई प्राथमिकता दिँदै चिकित्सकको ड्युटी समयलाई सुरक्षित र व्यवस्थित बनाउन यो निर्णय गरेको हो।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
