नेपाल हेल्थ न्युज, काठमाडौँ । निजामती कर्मचारी (सिभिल) अस्पतालले औषधि कम्पनीका मेडिकल प्रतिनिधिहरूलाई अस्पतालमा ड्युटीमा रहेका चिकित्सकसँग भेटघाट नगर्न आग्रह गरेको छ।
अस्पतालले सूचना जारी गर्दै केही औषधि कम्पनिका मेडिकल प्रतिनिधि (एमआर) हरूले आफ्नो कम्पनिको औषधि र उत्पादनको व्यावसायिक प्रवर्द्धनका नाममा चिकित्सकसँग उपचारको समयमै भेटघाट गर्ने गरेको पाइएकाले त्यस्तो कार्य तत्काल रोक्न निर्देशन दिएको हो।
सूचनामा भनिएको छ, “विभिन्न औषधि कम्पनिका एमआरले आफ्नो कम्पनिको व्यवसायिक प्रवर्द्धन गर्न ड्युटीमा रहेका चिकित्सकसँग भेटघाट गर्दा उपचाररत् बिरामीलाई असुविधा पर्न गएको र अस्पतालको कार्यप्रणालीमा नकारात्मक असर परेको पाइएकाले यस्तो कार्य नगर्नुरनगराउनुहुन अनुरोध गरिन्छ।”
अस्पतालका अनुसार ड्युटी समयमा चिकित्सकहरू बिरामीको उपचारमा व्यस्त हुने भएकाले सो समयमा बाह्य भेटघाटले सेवा प्रवाहमा अवरोध उत्पन्न भएको हो। अस्पतालले यस्ता गतिविधि दोहोरिएमा सम्बन्धित कम्पनि र व्यक्तिमाथि नियम अनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ।
हाल देशका ठूला अस्पतालहरूमा औषधि कम्पनिका मेडिकल प्रतिनिधिहरूले आफ्ना उत्पादनको प्रमोशनका लागि चिकित्सकहरूसँग नियमित भेटघाट गर्ने प्रचलन बढ्दै गएको छ। तर उपचारको समयमै चिकित्सकलाई भेट्न जाने प्रवृत्तिले बिरामी सेवामा अवरोध पुर्याउने गरेको भन्दै विभिन्न अस्पतालहरूले समय–समयमा यस्तो गतिविधि नियन्त्रणका निर्देशन जारी गर्दै आएका छन्।
सिभिल अस्पतालले पनि बिरामी सेवालाई प्राथमिकता दिँदै चिकित्सकको ड्युटी समयलाई सुरक्षित र व्यवस्थित बनाउन यो निर्णय गरेको हो।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
