नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले ७५३ वटै स्थानीय तहमा आयुर्वेद केन्द्र पुर्याएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा. श्यामवाबु ठाकुरले मुलुकका सबै स्थानीय तहमा आयुर्वेद केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो ।
आयुर्वेद स्वास्थ्य केन्द्र र आयुर्वेद औषधालय नभएका स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्रका रुपमा आयुर्वेद औषधालय स्थापना गरिएको उहाँले बताउनुभयो । उक्त सेवा केन्द्रमा एक जना कविराज तहका आयुर्वेद जनशक्तिको व्यवस्था हुनेछ ।
हरेक पालिका तहमा रहेका ती आयुर्वेद केन्द्रबाट निःशुल्करुपमा आयुर्वेद औषधिका साथै उपचार सेवा पनि प्रदान गरिने छ । यस्तै आरोग्य केन्द्रहरूमा भने योग पनि सिकाइने ड. ठाकुरले जानकारी दिनुभयो ।
‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने मुल नाराका साथ आयुर्वेद स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको विभागले स्पष्ट गरेको छ ।
निमित्त महानिर्देशक डा. ठाकुरका अनुसार यसअघि २३ वटा आयुर्वेदसम्बन्धी औषधि बिरामीलाई दिने गरेकामा अबदेखि ३५ प्रकारका अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराउन थालिएको छ ।
आयुर्वेद सेवा केन्द्रहरूबाट कब्जियत, मधुमेह, उच्चरक्तचापलगायतका रोगका औषधि निःशुल्क रूपमा प्रदान गरिने व्यवस्था मिलाइएको छ । नेपालमा सबै प्रदेशमा प्रादेशिक आयुर्वेद चिकित्सालय र केन्द्रीय तहमा आयुर्वेद चिकित्सालय नरदेवी तथा आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुरबाट सेवा प्रदान भइरहेको छ ।
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

