नेपाल हेल्थ न्युज, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जले अब आफ्ना चिकित्सकलाई बिरामीका लागि जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न अनिवार्य गरेको छ ।
कारण ?
- डाक्टरको हतारमा लेखिएको अस्पष्ट प्रिस्क्रिप्सन
- फार्मेसीमा औषधि चिन्ने झन्झट
- र बिरामीले गलत औषधि पाउने जोखिम
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.सुवासप्रसाद आचार्य भन्नुहुन्छ–
'अबदेखि सबै डाक्टरले क्यापिटल लेटरमा औषधि लेख्नुपर्नेछ। यसले फार्मेसीलाई सहज हुन्छ र बिरामीलाई सही औषधि पक्का मिल्नेछ।'
प्रा.डा. आचार्यका अनुसार, यसले डाक्टरलाई अलिक बढी समय लागे पनि, स्वास्थ्य सुरक्षामा ठूलो फाइदा हुने अपेक्षा गरिएको छ ।
टिचिङ अस्पतालमा हरेक दिन—
- २,५००–३,००० बिरामी ओपिडीमा
- १५० भन्दा बढी आकस्मिक कक्षमा उपचारका लागि पुग्ने गर्छन्।
अस्पतालले नेपाल सरकार र डीन कार्यालयको निर्देशन अनुसार यो नियम लागू गरेको हो ।
- अब हतारमा लेखिएको 'नबुझिने प्रिस्क्रिप्सन' को अन्त्य
- बिरामीले स्पष्ट पढ्न सक्ने, फार्मेसीले सही औषधि दिन सक्ने

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
रिपोर्ट विशेष
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३ट्रेन्डिङ


