नेपाल हेल्थ न्युज, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जले अब आफ्ना चिकित्सकलाई बिरामीका लागि जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न अनिवार्य गरेको छ ।
कारण ?
- डाक्टरको हतारमा लेखिएको अस्पष्ट प्रिस्क्रिप्सन
- फार्मेसीमा औषधि चिन्ने झन्झट
- र बिरामीले गलत औषधि पाउने जोखिम
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.सुवासप्रसाद आचार्य भन्नुहुन्छ–
'अबदेखि सबै डाक्टरले क्यापिटल लेटरमा औषधि लेख्नुपर्नेछ। यसले फार्मेसीलाई सहज हुन्छ र बिरामीलाई सही औषधि पक्का मिल्नेछ।'
प्रा.डा. आचार्यका अनुसार, यसले डाक्टरलाई अलिक बढी समय लागे पनि, स्वास्थ्य सुरक्षामा ठूलो फाइदा हुने अपेक्षा गरिएको छ ।
टिचिङ अस्पतालमा हरेक दिन—
- २,५००–३,००० बिरामी ओपिडीमा
- १५० भन्दा बढी आकस्मिक कक्षमा उपचारका लागि पुग्ने गर्छन्।
अस्पतालले नेपाल सरकार र डीन कार्यालयको निर्देशन अनुसार यो नियम लागू गरेको हो ।
- अब हतारमा लेखिएको 'नबुझिने प्रिस्क्रिप्सन' को अन्त्य
- बिरामीले स्पष्ट पढ्न सक्ने, फार्मेसीले सही औषधि दिन सक्ने

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
रिपोर्ट विशेष
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२
छैठौँ एपोन फुटसल कप २०२६ को उपाधि एसियन फर्मास्युटिकल्सलाई
शनिबार, माघ ३, २०८२ट्रेन्डिङ



