नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल नर्सिङ सङ्घले नर्सहरूलाई न्यूनतम तलब र सेवा सुविधा तत्काल लागू गर्न माग गरेको छ।
सङ्घले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको परिपत्र कार्यान्वयन गराउन सम्बन्धित निकायहरूलाई ध्यानाकर्षण गराउँदै नर्सहरूलाई सरकारी स्तरको न्यूनतम पारिश्रमिक प्रदान गर्न आग्रह गरेको हो।
हाल कलेज अफ मेडिकल साइन्स चितवन, मणिपाल शिक्षण अस्पताल पोखरा लगायतका विभिन्न निजी तथा सामुदायिक स्वास्थ्य संस्थामा कार्यरत नर्सहरू न्यून तलब र सुविधा नपाएको भन्दै आन्दोलनरत छन्।
सङ्घकी अध्यक्ष प्रा. चन्द्रकला शर्माले मागहरू अविलम्ब सम्बोधन नभए सङ्घले नर्सहरूको हकहितको लागि कडा कदम चाल्न बाध्य हुने चेतावनी दिनुभयो।
मन्त्रालयले २०८१ मङ्सिर २७ गते सबै निजी अस्पताल, मेडिकल कलेज, प्रतिष्ठान र सामुदायिक अस्पतालहरूलाई नर्सिङ र अन्य स्वास्थ्यकर्मीका लागि सरकारी सरह न्यूनतम तलब तथा सेवा सुविधा सुनिश्चित गर्न निर्देशन दिएको थियो।
तर, पटक–पटक परिपत्र जारी भए पनि धेरै निजी स्वास्थ्य संस्थाले अझै पनि उक्त निर्णय कार्यान्वयन नगरी न्यून पारिश्रमिकमै नर्सहरूलाई काम गराइरहेको सङ्घको भनाइ छ।
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिग्रिएका हेमोडायलासिस मेसिन सञ्चालनमा
शुक्रबार, जेठ २९, २०८३

