नेपाल हेल्थ न्युज, काठमाडौँ । दर्ता नभएका औषधि आयात गरेको आरोपमा कान्तिपुर भेट डिस्ट्रीब्यूटर्स प्रा.लि.की सञ्चालक एवं अध्यक्ष सुना सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईवी लाजिम्पाटबाट खटिएको टोलीले उहाँलाई काठमाडौं महानगरपालिका–३१, शंखमुलबाट शुक्रबार पक्राउ गरेको हो। सुवेदीमाथि अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उहाँले नेपालमा दर्ता नभएका औषधि आयात गर्नका लागि किर्ते कागजात प्रयोग गर्नुभएको थियो। पशु सेवा विभाग अन्तर्गतको आयात–निर्यात सिफारिस, पशुजन्य उद्योग स्थापना तथा बिक्री–वितरण अनुमति सम्बन्धी प्राविधिक समितिको निर्णयका आधारमा जारी सिफारिस पत्र किर्ते गरी आयात कार्य भएको पाइएको हो।
प्रहरी बरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार, नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, पशु सेवा विभाग अन्तर्गतको राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यवस्थापन प्रयोगशाला हरिहरभवन ललितपुरबाट कान्तिपुर भेटलाई जारी सिफारिस पत्रमा हेरफेर गरी पशुपंक्षीको फिड सप्लिमेन्ट, प्रोबायोटिक्स, भिटामिन, मिनरल, टक्सिन बाइन्डर नामका दर्ता नभएका औषधिहरू विभिन्न भन्सार कार्यालयमा पेश गरी नेपालमा आयात गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।
प्रहरीले उक्त प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको समेत संलग्नता हुनसक्ने सम्भावना जनाएको छ। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
औषधि बजारमा अनुशासनको अभियान: आधिकारिक स्रोतबाट मात्र औषधि खरिद गर्न आग्रह
मंगलबार, साउन १९, २०८३
‘ब्रान्डभन्दा पर औषधि’ विषयमा नेपाल फार्मास्युटिकल्स ल्याबको वैज्ञानिक प्रशिक्षण
बिहीबार, असार ३२, २०८३
एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’
बुधबार, असार ३, २०८३

