नेपाल हेल्थ न्युज, काठमाडौँ । लामो प्रतीक्षापछि नेपालका लागि एउटा सास फेर्ने क्षण आएको छ— गाजाबाट सार्वजनिक भएको जीवित बन्धकहरूको सूचीमा नेपाली युवा विपिन जोशीको नाम पनि समावेश भएको छ।
हमास र इजरायलबीच भएको युद्धविराम सम्झौतापछि सोमबारदेखि पहिलो चरणमा बन्धकहरू रिहा गरिने तयारी भइरहेको छ। यस क्रममा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकको सूची सार्वजनिक भएको हो, जसमा विपिनको नाम देखिएपछि नेपालभर नयाँ आशा जागेको छ।
यसअघि सीएनएनले विपिनसहित दुईजनाको अवस्था अज्ञात रहेको समाचार दिएको थियो। तर अहिले टाइम्स अफ इजरायल, एसोसिएटेड प्रेस (एपी) लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले प्रकाशित नयाँ सूचीमा विपिनको नाम स्पष्ट रूपमा समावेश भएको जनाएका छन्।
शुक्रबार भएको युद्धविरामसँगै सोमबारदेखि मंगलबारसम्म बन्धकहरू क्रमशः रिहा हुने अपेक्षा गरिएको छ। सो सम्झौताअन्तर्गत इजरायलले पनि दुई हजार प्यालेस्टिनी कैदीलाई रिहा गर्ने तयारी गरेको बताइएको छ।
गाजामा अलपत्र परेका विपिनको जीवित अवस्थाबारे सकारात्मक खबर आउँदा नेपालका परिवार, साथीभाइ र सम्पूर्ण नागरिक हर्षित भएका छन्। बुटवलका विपिन जोशी २०२३ अक्टोबरमा इजरायलको दक्षिणी क्षेत्रमा हमासको आक्रमण हुँदा सम्पर्कविहीन भएका थिए। त्यतिबेलादेखि उनीबारे कुनै ठोस जानकारी नआएपछि परिवार निरन्तर प्रतीक्षामा थियो।
अहिले प्राप्त यो जानकारीले उनका परिवारको आँखा फेरि उज्यालो बनाएको छ। जोशीका साथीहरूले सामाजिक सञ्जालमा लेखेका छन् — “विपिन फर्किंदैछ, नेपालको छोराले फेरि आमा नेपालको माया पाउनेछ।”
जीवित ठानिएका अन्य बन्धकहरूमा गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ(दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, बार कुपर्श्टाइन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ(चैम ओहाना, एलोन ओहेल, अविनाटन ओर र मातान जंगाउकर रहेका छन्।
नेपाल अहिले एकै स्वरमा प्रार्थना गर्दैछ —
“विपिन सुरक्षित फर्किऊन्, घरको ढोका फेरि उनको मुस्कानले खुलोस्।”
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त
बुधबार, साउन २०, २०८३
एक थोपा रगतले बच्न सक्छ जीवनः चिरायु अस्पताल र लायन्स क्लबको संयुक्त रक्तदान अभियान
बुधबार, साउन २०, २०८३
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
