नेपाल हेल्थ न्युज, काठमाडौं । देशकै पुरानो र प्रतिष्ठित सरकारी स्वास्थ्य संस्था—वीर अस्पताल भित्रै घुसकाण्डको अर्को अध्याय खुलेको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा रु। १ लाख २० हजार ८५० घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियारका अनुसार दाहालले अस्पतालमा सामान आपूर्ति गर्ने विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई भुक्तानी प्रक्रिया अघि बढाउने नाममा रकम असुल गर्दै आएको भन्ने उजुरीका आधारमा निगरानी राखिएको थियो।सूचना र प्रमाण प्राप्त भएपछि अख्तियारको टोलीले सोमबार दाहाललाई उनकै कार्यकक्षबाट घुस रकमसहित नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका दाहालसँग एक थान मोबाइल फोन र सम्बन्धित कागजातहरू समेत बरामद गरिएको छ। घटनासम्बन्धी थप प्रमाण संकलन र अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक तथ्यांकले दाहालले भुक्तानी दिन ढिलाई गरी घुस असुल्ने गरेको देखिएको अख्तियारले जनाएको छ ।
वीर अस्पतालभित्रै कार्यरत कर्मचारी घुससहित पक्राउ पर्नु सरकारी स्वास्थ्य संस्थाभित्रको प्रशासनिक अनियमितता र भ्रष्टाचारको गहिरो जरो फेरि उजागर भएको संकेत हो।
अस्पतालमा वार्षिक अर्बौंको औषधि, उपकरण र अन्य सामान खरिद प्रक्रिया हुने भएकाले लेखा शाखा र प्रशासनिक विभागमा‘कमिसनको चलन’ पुरानै समस्या मानिँदै आएको छ । अख्तियारले हालै स्वास्थ्य क्षेत्रमा हुने अनियमितता, ठेक्का–कमिसन र भुक्तानी प्रक्रियामा हुने भ्रष्टाचारविरुद्ध विशेष अभियान सञ्चालन गरिरहेको छ। दाहालविरुद्ध अहिले घुसको अभियोगमा थप अनुसन्धान सुरु भएको आयोगले जनाएको छ। स्रोतका अनुसार आयोगले अस्पतालका अन्य सम्बन्धित अधिकारीहरूको गतिविधि पनि अनुगमन गर्न थालेको छ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
