नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल नर्सिङ संघले न्यूनतम तलब सुविधा कार्यान्वयनको माग गर्दै देशभरका शिक्षण, सरकारी, निजी तथा सामुदायिक अस्पतालमा कार्यरत नर्स र अन्य स्वास्थ्यकर्मी आन्दोलित भएको जनाएको छ। संघका अनुसार नेपाल सरकारले मिति २०८१ मंसिर २७ गते निर्धारण गरेको न्यूनतम तलब तथा सुविधा हालसम्म पनि धेरैजसो स्वास्थ्य संस्थाले लागू नगरेकोप्रति आपत्ति जनाइएको छ।
संघले विगतमा पटक–पटक सम्बन्धित निकायहरूलाई ध्यानाकर्षण गराए पनि कुनै प्रभावकारी पहल नभएको भन्दै आन्दोलनमा जानु परेको स्पष्ट पारेको छ।
नेपाल नर्सिङ संघकी महासचिव डा. देवका कुमारी आचार्य र अध्यक्ष प्रा. चन्द्रकला शर्माको संयुक्त विज्ञप्तिमा भनिएको छ, न्यूनतम जीवनयापन पनि गर्न नसकिने तलबमा २४ सै घण्टा सेवा दिइरहेका नर्सिङ पेशामा गरिँदै आएको अवमूल्यनले गुणस्तरिय सेवामा प्रत्यक्ष असर पर्न थालेको छ।
संघले मिति २०८२ असोज २४ गते अन्तरिम सरकारले पुनः कार्यान्वयनको निर्देशन दिए पनि अस्पतालहरूले वेवास्ता गरेको आरोप लगाएको छ। साथै, आन्दोलनका कारण सेवाग्राहीलाई पर्न सक्ने असहजताको जिम्मेवारी सरकारले लिनुपर्ने संघको भनाइ छ।
ूहामी सेवा रोकिँदा बिरामीहरूलाई पर्न सक्ने असरप्रति क्षमा चाहन्छौं, तर यो अवस्था सृजना गराउने सरकार र निर्देशन नमान्ने निकायहरू जिम्मेवार हुनेछन्, विज्ञप्तिमा उल्लेख छ।
संघले आन्दोलनलाई अझ व्यापक बनाउँदै लैजाने चेतावनी दिँदै सबै स्वास्थ्य संस्थाहरूलाई चाँडै सरकारको निर्देशन बमोजिम सेवा सुविधा उपलब्ध गराउन आग्रह गरेको छ। संघले आम नागरिक, सेवाग्राही र सरोकारवालाहरूको समर्थन र सहयोगको अपेक्षा गरेको छ।


अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
