नेपाल हेल्थ न्युज, काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको शव भोलि सोमबार नेपाल ल्याइँदै छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शव फ्लाई दुबईमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याउने तयारी गरिएको छ।
त्रिभुवन विमानस्थलमा दिउँसो शव अवतरण गर्ने तालिका रहेको छ। जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू उपस्थित हुने कार्यक्रम तय गरिएको छ।
कञ्चनपुरका विपिन जोशी अध्ययनका लागि इजरायल गएका थिए। सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा उनी बन्धक बनाइएका थिए। लामो समयसम्म उनको अवस्था अज्ञात रहँदा, इजरायली पक्षले असोज २७ गते उनको मृत्यु पुष्टि गरेको थियो।
इजरायल र हमासबीचको युद्धविरामपछि बन्दी तथा शव साटासाटको क्रममा हमासले इजरायली सेनालाई एक शव हस्तान्तरण गरेको थियो। डीएनए परीक्षणपछि उक्त शव विपिनकै भएको प्रमाणित भएको इजरायलस्थित नेपाली दूतावासले जानकारी दिएको छ। फरेन्सिक परीक्षणमा विपिनको मृत्यु अपहरणकै समयमा भएको देखिएको बताइएको छ।
एक थोपा रगतले बच्न सक्छ जीवनः चिरायु अस्पताल र लायन्स क्लबको संयुक्त रक्तदान अभियान
बुधबार, साउन २०, २०८३
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
