नेपाल हेल्थ न्युज, काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको शव भोलि सोमबार नेपाल ल्याइँदै छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनको शव फ्लाई दुबईमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याउने तयारी गरिएको छ।
त्रिभुवन विमानस्थलमा दिउँसो शव अवतरण गर्ने तालिका रहेको छ। जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू उपस्थित हुने कार्यक्रम तय गरिएको छ।
कञ्चनपुरका विपिन जोशी अध्ययनका लागि इजरायल गएका थिए। सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा उनी बन्धक बनाइएका थिए। लामो समयसम्म उनको अवस्था अज्ञात रहँदा, इजरायली पक्षले असोज २७ गते उनको मृत्यु पुष्टि गरेको थियो।
इजरायल र हमासबीचको युद्धविरामपछि बन्दी तथा शव साटासाटको क्रममा हमासले इजरायली सेनालाई एक शव हस्तान्तरण गरेको थियो। डीएनए परीक्षणपछि उक्त शव विपिनकै भएको प्रमाणित भएको इजरायलस्थित नेपाली दूतावासले जानकारी दिएको छ। फरेन्सिक परीक्षणमा विपिनको मृत्यु अपहरणकै समयमा भएको देखिएको बताइएको छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
