नेपाल हेल्थ न्युज, चितवन । चितवन जिल्लाका अस्पतालहरूमा स्क्रब टाइफसका बिरामीको संख्या बढ्दै गएको छ। हालसम्म विभिन्न अस्पतालहरूमा उपचाररत २४६ जनामा यो रोग पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार चार हजार १०८ जनाको परीक्षण गरिएकोमा ती व्यक्तिहरूमा सङ्क्रमण देखिएको हो।
किट नियन्त्रक राम केसीका अनुसार, सङ्क्रमितमध्ये १८१ जना चितवन जिल्लाकै बासिन्दा हुन् भने बाँकी ६५ जना अन्य जिल्लाबाट आएका हुन्।
चितवन भित्रको विवरण हेर्दा, सबैभन्दा बढी ६१ जना रत्ननगर नगरपालिकामा स्क्रब टाइफस देखिएको छ। त्यसपछि खैरहनी नगरपालिकामा ४३, कालिका नगरपालिकामा २३, राप्तीमा २०, भरतपुरमा २५, इच्छाकामनामा पाँच र माडी नगरपालिकामा चार जनामा सङ्क्रमण पुष्टि भएको हो।
स्क्रब टाइफस मुख्यतः मुसा र अन्य जनावरमा पाइने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्छ। संक्रमित व्यक्तिमा उच्च ज्वरो, आँखा रातो हुने, बान्ता, खोकी, पेट दुख्ने, पखाला, सास फेर्न गाह्रो हुने, टाउको र मांसपेशी दुख्ने, बिमिरा आउने, टोकेको स्थानमा कालो दाग देखिने जस्ता लक्षणहरू देखिन्छन्।
यस रोगबाट बच्नका लागि खेतबारी, झाडी र वनजंगलमा जाँदा लामो बाहुला भएका कपडा र उपयुक्त जुत्ता लगाउने, शरीरको खुला भागमा कीटनाशक मलम प्रयोग गर्ने, वरिपरिका घाँसपात सफा राख्ने र मुसाबाट जोगिन अन्नको सुरक्षित भण्डारण गर्नुपर्ने केसीले जानकारी दिए।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
