चायापोतो भनेको के हो र यो समस्या किन आउँछ ?
चायापोतो एक किसिमको छालामा देखिने दाग हो जुन मुख्यतः अनुहारको गाला, निधार र ओठमाथिको भागमा देखिन्छ । महिलाहरूमा यो समस्या पुरुषको तुलनामा करिब ९ गुणा बढी देखिन्छ ।
मुख्य कारण
- सूर्यको किरणः करिब ८९% केसमा पोतोको मुख्य कारण घामबाट आउने अल्ट्राभ्वाइलेट किरण हो ।
- हर्मोनल उतारचढावः गर्भावस्था, पिल्स प्रयोग वा मासिक चक्रको गडबडीले पोतो बढ्न सक्छ ।
- प्रदूषण र वातावरणीय असरः धुलो, धुवाँ र तापक्रमको उतारचढावले छालामा असर गर्छ ।
- मोबाइलको नीलो प्रकाशः लामो समय मोबाइल हेर्दा छालामा सूक्ष्म तर हानिकारक असर देखिन्छ ।
- गलत मेकअप र घरेलु उपायः अमिलो जस्तै कागती प्रयोग गर्दा छालाको सतह जल्न सक्छ जसले पोतो बढाउँछ ।
आजकल कम उमेरका महिलामा पनि पोतो किन देखिन थालेको हो ?
पहिले चायापोतो प्रायः ३० वर्षपछिका महिलामा देखिन्थ्यो । तर आजकलको जीवनशैली, डिजिटल स्क्रिनको अत्यधिक प्रयोग, अपर्याप्त छाला हेरचाह र प्रदूषणका कारण किशोरीदेखि नै पोतो देखिन थालेको छ ।
चायापोतोबाट बच्ने मुख्य उपाय के हुन् ?
- घरबाहिर निस्कनु १५–२० मिनेट अगाडि सन्सक्रिन लगाउने ।
- सधैं घामबाट जोगिने, सकेसम्म टोपी वा छाता प्रयोग गर्ने ।
- अनुहारमा पोतो देखिनासाथ विशेषज्ञलाई देखाउने ।
- छालाको प्रकार अनुसार मात्र क्रिम वा औषधि प्रयोग गर्ने ।
सन्सक्रिन प्रयोग गर्दा के कुरामा ध्यान दिनु पर्छ ?
- छालाको प्रकार जाँच गरेर मात्र उपयुक्त सन्सक्रिन छान्नुपर्छ ।
- खेतबारी वा बाहिरी काम गर्नेहरूले चिकित्सकको सल्लाह बिना सन्सक्रिन नकिन्ने ।
- सन्सक्रिनको म्याद समाप्त भएको भए प्रयोग नगर्ने ।
- प्रत्येक ३ घण्टामा सन्सक्रिन पुनः लगाउनु आवश्यक हुन्छ ।
धेरैले प्रयोग गर्ने गोरो बनाउने स्टेरोइड क्रिमको असर कस्तो हुन्छ ?
- यस्तो क्रिमले सुरुमा गोरो देखिए पनि दीर्घकालीन रूपमा छाला पातलो बनाउँछ ।
- रक्तनलीहरू देखिन थाल्छन्, छालामा रासायनिक चोट पुग्छ ।
- स्टेरोइड प्रयोगपछि छाला बिग्रिएको अवस्थामा सुधार गर्न पनि धेरै समय लाग्छ अनि पोतो पुरै हट्न सक्दैन ।
के चायापोतो दीर्घकालीन रोग हो ?
पछिल्ला अनुसन्धानहरू अनुसार पोतो एक प्रकारको क्रोनिक (दीर्घ) छाला रोग हो । यदि समयमै उपचार नगरे वा गलत क्रिम प्रयोग गरेमा अनुहार सधैंका लागि बिग्रिन सक्छ ।
घरेलु उपचारप्रति तपाईंको सुझाव के छ ?
- अमिलो तत्व (कागती, बेसार, दही आदि) अनुहारमा मनपरी दल्नु ठीक होइन ।
- अनुहार कुनै प्रयोगशाला होइन, जथाभावी प्रयोग हानिकारक हुन्छ ।
- हरेक छालाको प्रकृति फरक हुन्छ । त्यसैले कुनै पनि उपाय अपनाउनु अघि विशेषज्ञको सल्लाह लिनुपर्छ ।
एकदमै साधारण उपायबाट अनुहारलाई स्वस्थ राख्न के गर्न सकिन्छ ?
- अनुहार सफा राख्ने, हरेक दिन दुईपटक फेसवाश गर्ने ।
- सन्तुलित आहार, पर्याप्त पानी पिउने, तनाव कम गर्ने ।
- निद्रा पर्याप्त लिने (७–८ घण्टा) ।
- छालालाई निदाउने बेला राम्रो म्वाइस्चराइजर लगाउने ।
ब्रेन ट्यूमरः कारण संकेत, लक्षण र उपचार
आइतबार, कात्तिक २३, २०८२
ढाडको दुखाइमा म्यानुयल थेरापी
शुक्रबार, कात्तिक २१, २०८२
साहसबाट शुरु भएको यात्रा
बिहीबार, कात्तिक २०, २०८२
वीर अस्पतालमै जीवन अर्पण गरेका प्रा. डा. राजिव झा
मंगलबार, कात्तिक १८, २०८२
