अमेरिकन कलेज अफ न्युरोलोजीको तथ्याङ्कअनुसार, विश्वका ८०% मानिसले जीवनमा एक पटक ढाड दुख्ने समस्या भोग्छन् । तीमध्ये झण्डै २५% मा नसा च्यापिएको हुन्छ । महिलाभन्दा पुरुषमा बढी देखिए पनि पछिल्लो समयमा महिलामा पनि संख्या बढ्दो छ। नेपालमै गरिएको एउटा सर्वेअनुसार ३०–५० वर्ष उमेर समूहका प्राविधिक, शिक्षक, अफिस कामदार र गृहिणीमा यो समस्या बढी देखिएको छ ।
नशा च्यापिनुको प्रमुख कारणमध्ये ‘डिस्क स्लिप’ वा ‘हर्नियेटेड डिस्क’ पहिलोमा पर्छ । यो अवस्थामा मेरुदण्डका हड्डीबीचको नरम कुशन फुटेर वा सरेर स्नायुमा दबाब पर्छ । भारी सामान उठाउँदा, चोट लाग्दा वा उमेरसँगै डिस्क कमजोर हुँदा यस्तो समस्या देखिने हो ।
यसैगरी स्पाइनल स्टेनोसिस (मेरुदण्डको नशा जाने बाटो साँघुरो हुने), बोन स्पर (हड्डीको अतिरिक्त वृद्धि), मोटोपन, चोटपटक, ट्यूमर, संक्रमण र उमेरजन्य क्षय पनि यसका कारण मानिन्छन् । लामो समय गलत पोस्चरमा बस्ने बानी र अत्यधिक ढाडमा भार पर्ने काम गर्नाले पनि जोखिम बढाउने गरेको पाइन्छ । चुरोट अत्यधिक खानेहरुमा पनि ढाडको नसा च्यापिएको छ । यस्ता अम्मलीहरुमा डिस्क वरपरको तरल पदार्थ सुक्ने र माथिबाट पर्ने प्रेसरले नसा च्यापिने गर्छ ।
शुरुमा हामी समस्याको पहिचान गर्दछौं । म्यानुयलभित्र पर्ने डायग्नोसिसको मेरो आफ्नै तरिका छ । ढाडको नसा कहाँनेर च्यापिएको छ भनेर थिचेर गरिन्छ । यसले नसा च्यापिएको सम्बन्धित भाग पहिचान हुन्छ । तर कति धेरै वा थोरै च्यापिएको छ भन्ने बारे थाहा हुँदैन ।
त्यसैले यसका लागि एक्सरे वा एमआरआई गराउन जरुरी हुन्छ । धेरै समस्या भएर आएकाहरुलाई एमआरआई गराइन्छ । तर सामान्य समस्यामा उपचारका लागि आउने ७५ प्रतिशतको बिना एमआरआई समस्या पहिचान गरेर उपचार गरेर ठीक बनाएको छु । उनीहरुले नियमित एक्सरसाइज गर्ने र सिफारिस गरिएको औषधि बेलाबेलामा सेवन गर्न जरुरी हुन्छ ।
श्रेष्ठ, हालको समयमा धेरैले ढाडको नसा च्यापिने समस्या भोगिरहेका छन् । यसको मुख्य कारण के हो ?
पछिल्ला वर्षहरूमा ढाडको नशा च्यापिने समस्या अर्थात् स्पाइनल नर्भ कम्प्रेसन धेरै व्यक्तिलाई प्रभावित बनाइरहेको छ । यसले कम्मर वा ढाडमा निरन्तर दुखाइ, गोडा सुन्निने, झमझमाउने, करेन्ट लागेजस्तो अनुभूति, गोडा पोल्ने, चिसो वा तातो अनुभव, हिँड्दा असन्तुलन र गम्भीर अवस्थामा दिसापिसाब नियन्त्रण गुमाउने जस्ता लक्षण देखाउँछ ।
यो समस्याको सबैभन्दा सामान्य कारण हो ‘डिस्क स्लिप’ वा ‘हर्नियेटेड डिस्क’ । जब मेरुदण्डका हड्डीबीचको नरम कुशन फुट्छ वा सर्छ, स्नायुमा दबाब पर्छ । भारी सामान उठाउँदा, चोट लाग्दा वा उमेरसँगै डिस्क कमजोर हुँदा यस्तो समस्या देखिन्छ । साथै स्पाइनल स्टेनोसिस, बोन स्पर, मोटोपन, चोटपटक, ट्यूमर, संक्रमण र उमेरजन्य क्षय पनि कारण हुन सक्छ । लामो समय गलत पोस्चरमा बस्ने वा अत्यधिक ढाडमा भार पर्ने काम गर्दा जोखिम बढ्छ । चुरोट सेवन गर्नेहरूमा पनि यो समस्या देखा पर्न सक्छ ।
कस्तो अवस्थामा शल्यक्रियाको जरुरत पर्छ ?
डा. श्रेष्ठः मैले १२ वर्षदेखि ५० वर्षसम्मका धेरै बिरामीमा ढाडको नसा च्यापिएको देखेको छु । प्रारम्भिक चरणमा हामी आराम, फिजियोथेरापी, दुखाइ कम गर्ने औषधि र इन्जेक्सनमार्फत उपचार गर्छौं । तर गम्भीर अवस्थामा मात्र शल्यक्रियाको आवश्यकता पर्छ ।
म्यानुयल थेरापी के हो र कसरी काम गर्छ ?
म्यानुयल थेरापी फिजियोथेरापीको एउटा प्रविधि हो । यसमा हातको प्रयोग गरेर जोर्नी, मांसपेशी र नरम तन्तुहरूलाई चलाएर वा मसाज गरेर उपचार गरिन्छ । औषधि वा शल्यक्रियाबिना धेरै बिरामीलाई राहत मिल्छ । म्यानुयल एण्ड मेडिसिन थेरापिस्टलाई भर्टिब्रोन्युरोलोजिस्ट पनि भनिन्छ ।
हामी सुरुमा समस्याको पहिचान गर्छौं । मेरो आफ्नै डायग्नोसिस तरिकाले थिचेर नसा कहाँ च्यापिएको छ भनेर पत्ता लगाउँछौं । तर कति धेरै वा थोरै च्यापिएको छ भन्ने थाहा पाउन एक्स–रे वा एमआरआई आवश्यक पर्छ । सामान्य समस्यामा ७५ प्रतिशत बिरामीको बिना एमआरआई पनि उपचार सफल भएको अनुभव छ ।
म्यानुयल थेरापीले बिरामीलाई कस्तो लाभ दिन्छ ?
यसका मुख्य फाइदाहरुमा दुखाइ कम गर्ने, मांसपेशी र जोर्नीको गतिशीलता र लचकता बढाउने, रगतको राम्रो सञ्चार, पोश्चर सुधार,स्ट्रेस कम गर्ने, औषधिको प्रयोग कम हुन्छ । वास्तवमा म्यायल थेरीले मांसपेशी र स्नायुमा भएको दबाब घट्छ, मेरुदण्डको जोर्नीलाई सही स्थानमा ल्याएर नसामा परेको चाप कम हुन्छ । जोर्नी कडा वा मांसपेशी टाइट भएमा रिल्याक्स गराउँछ, ढाड मोड्दा वा झुक्दा हुने असहजता घटाउँछ ।
हातको दबाब र स्ट्रेचिङले प्रभावित भागमा रक्तसञ्चार बढाउँछ । यसले मांसपेशी र टिस्युमा अक्सिजन र पोषण पु¥याउँछ । ढाडको असन्तुलन वा गलत बस्ने बानीका कारण भएको दुखाइ घटाउँछ, सही पोश्चर बनाउन मद्दत गर्छ । दुखाइ घट्दा मानसिक तनाव पनि कम हुन्छ, निद्रा राम्रो हुन्छ । प्राकृतिक तरिकाले दुखाइ घट्ने भएकाले पेनकिलर र एन्टि–इन्फ्लामेटरी औषधिमा निर्भरता कम हुन्छ ।
म्यानुयल थेरापी गर्दा ध्यान दिनुपर्ने कुरा के–के छन् ?
यो केवल प्रशिक्षित र प्रमाणित म्यानुयल थेरापिस्ट वा स्वास्थ्यकर्मीबाट मात्र गराउनुपर्छ । भाँचिएको हड्डी, क्यान्सर, संक्रमण, गहिरो रक्तनलीको समस्या वा गम्भीर स्पाइनल चोटमा यो उपयुक्त नहुन सक्छ । थेरापी अघि सही निदानका लागि एक्स–रे, एमआरआई वा चिकित्सकको सल्लाह अनिवार्य छ ।
ढाडको स्वास्थ्य जोगाउन हामीले के गर्नुपर्छ ?
- सही पोस्चर अपनाउने
- तौल नियन्त्रण गर्ने
- नियमित व्यायाम गर्र्ने
- अनावश्यक भारी सामान नउठाउने
- समस्या देखिएमा ढिला नगरी विशेषज्ञको सल्लाह लिने
म्यानुयल थेरापी गर्दा के कुरामा ख्याल गर्नुपर्छ ?
ढाडको दुखाइमा म्यानुयल थेरापीले दुखाइ घटाउने, लचिलोपन बढाउने, पोश्चर सुधार्ने र जीवनस्तर उकास्ने महत्वपूर्ण भूमिका खेल्छ । तर यो सही रोग पहिचानपछि, अनुभवी थेरापिस्टको हातबाट मात्र गरिनु सुरक्षित छ ।
(डा. श्रेष्ठ वरिष्ठ हाडजोर्नी एवं नेपालको पहिलो म्यानुयल थेरापी विशेषज्ञ हुनुहुन्छ ।)
ब्रेन ट्यूमरः कारण संकेत, लक्षण र उपचार
आइतबार, कात्तिक २३, २०८२
साहसबाट शुरु भएको यात्रा
बिहीबार, कात्तिक २०, २०८२
वीर अस्पतालमै जीवन अर्पण गरेका प्रा. डा. राजिव झा
मंगलबार, कात्तिक १८, २०८२
इन्डोस्कोपिक न्युरो सर्जरी को नयाँ युगः सानो चिरा, ठूलो चमत्कार
सोमबार, कात्तिक १७, २०८२
