नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघको पूर्व अध्यक्ष तथा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री पदमा नियुक्त गरिएको छ। डा. शर्मा यस पदमा पुग्ने पहिलो चिकित्सक बन्नुभएको छ।
उहाँको स्वास्थ्य प्रशासन, नीति निर्माण र संस्थागत व्यवस्थापनमा लामो अनुभव रहेको बताइएको छ। अघिल्लो सरकारमा डा. शर्मा तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलका सल्लाहकारका रूपमा कार्यरत रहनुभएको थियो। विशेषज्ञहरूले उहाँको अनुभवले स्वास्थ्य क्षेत्रमा जारी नीतिहरू र रणनीतिक योजनाहरूमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
तर, केही पक्षहरूले यस नियुक्तिप्रति चिन्ता व्यक्त गरेका छन्। डा. शर्माले स्वास्थ्य सचिवको रूपमा कार्यरत रहँदा राजीनामा दिएर युनिसेफमा कार्यरत भइन् भन्ने इतिहासले भविष्यमा यस्ता कार्यहरूको दोहोरिने सम्भावना रहेको चेतावनी दिएका छन्।
त्यस्तै, युवा चिकित्सकहरूलाई मन्त्रालयमा स्थान दिनुपर्ने विषयमा पछाडि हटेर पुराना सल्लाहकारलाई जिम्मेवारी दिनुले नयाँ पुस्तामा निराशा सिर्जना गर्ने सम्भावना रहेको बताइएको छ।
राष्ट्रिय चिकित्सक संघले डा. शर्मालाई स्वास्थ्य मन्त्रालयमा निष्पक्ष, दक्षता-आधारित र जनकेन्द्रित निर्णयहरू लागू गर्न आग्रह गरेको छ। संघले चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरूको हितमा पारिश्रमिक वृद्धि, दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको सुरक्षा, र स्वास्थ्यकर्मीमाथि हुने हिंसाविरुद्ध शून्य सहनशीलता सुनिश्चित गर्न आग्रह गरेको छ। संघले भविष्यमा मन्त्रालय पुनः दलगत स्वार्थ र समूहगत लाभको अखडामा परिणत भएमा कडा प्रतिक्रिया दिने चेतावनी पनि दिएको छ।

देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
