नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा डेंगी संक्रमण लगातार बढिरहेको छ। पछिल्लो एक सातामा देशभर ७५ जिल्लामा १४४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, यससँगै विगत पुसदेखि हालसम्म डेंगी सङ्क्रमितको संख्या ६ हजार ६ सय ६८ पुगेको छ । प्रदेश अनुसार, बागमती प्रदेश सबैभन्दा बढी प्रभावित छ, जहाँ १ हजार ६ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ। गण्डकीमा १ हजार ६ सय ३१, लुम्बिनीमा १ हजार १ सय १७, कोशीमा ८ सय ९६, सुदूरपश्चिममा ७ सय ६२, कर्णालीमा ४ सय ७४, र मधेशमा १ सय ३९ जनामा डेंगी देखिएको छ।
पछिल्लो २४ घण्टामा २४ नयाँ संक्रमण पुष्टि भएको छ। अहिलेसम्म पाँच जनाको डेंगीका कारण मृत्यु भएको छ। डेंगी रोग मुख्य रूपमा एडिस एजिप्टाई पोथी जातको लामखुट्टेको टोकाइबाट फैलिन्छ। नेपालमा डेंगी पहिलोपटक चितवनमा २००४ मा देखिएको थियो।
रोकथामका लागि स्वास्थ्य अधिकारीहरूले झुल लगाएर सुत्ने, साँझ–बिहान बाहिर जाँदा लामो कपडा लगाउने, घर वरिपरि पानी जम्न नदिने, टायर, बोतल र ड्रम सफा गर्ने जस्ता उपाय अपनाउन सुझाव दिएका छन्।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
