नेपाल हेल्थ न्युज, माले । माल्दिभ्सले सन् २००७ जनवरी १ पछि जन्मिएका सबै नागरिक र पर्यटकहरूमा सुर्तीजन्य पदार्थको प्रयोग, खरिद र बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउँदै 'धूमपानमा पुस्तागत प्रतिबन्ध' लागू गर्ने विश्वकै पहिलो देश बनेको छ।
राष्ट्रपति मोहम्मद मुइजको नेतृत्वमा आएको यो नीति नोभेम्बर १ देखि कार्यान्वयनमा आएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार —
'हामी धूमपानमुक्त पुस्ता निर्माण गरेर स्वस्थ र सशक्त माल्दिभ्सतर्फ अग्रसर भएका छौँ।'
अब माल्दिभ्समा सिगरेट, सुर्ती, ईसिगरेट र भ्यापिङ सबैमा पूर्ण निषेध हुनेछ।
नियम उल्लङ्घन गर्नेहरूलाई ५० हजार रुफिया (झन्डै तीन हजार दुई सय अमेरिकी डलर) सम्म जरिवाना हुने व्यवस्था गरिएको छ।
यससँगै माल्दिभ्सले आफ्नो पर्यटन छविलाई नयाँ ‘स्वास्थ्यमैत्री सन्देश’ का साथ विश्वभर सशक्त बनाएको छ।
प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
रिपोर्ट विशेष
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३ट्रेन्डिङ


