नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल नर्सिङ सङ्घले सरकारसँग भएको सहमति बाबजुद आफ्ना आन्दोलन कार्यक्रम यथावत राख्ने निर्णय गरेको छ। सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निजी मेडिकल कलेज, प्राइभेट अस्पताल तथा डेन्टल कलेजको प्रतिनिधित्व गर्ने संस्था अफिनसँग सहमति भए पनि, केही बुँदामा नर्सहरूको आपत्ति रहेको कारण कार्यक्रम स्थगित नगरी अघि बढाइनेछ।
सहमति अनुसार, निजी मेडिकल कलेजका नर्स तथा स्वास्थ्यकर्मीलाई पाँचौँ तहको ३४,७३० रुपैयाँ तलब कात्तिक महिनादेखि लागु गरिने भएको छ। अन्य निजी तथा सामुदायिक अस्पताल र डेन्टल कलेजले शुरु तलब स्केल कम्तीमा ८० प्रतिशत कायम गर्ने र एक महिनाभित्र क्रमशः सरकारी सरह पुर्याउने कुरा पनि तय भएको थियो।
बुँदा एकमा सहमति भए पनि अन्य बुँदामा आन्दोलनरत नर्सको आपत्ति रहेकोले सङ्घले घोषणा गरेका कार्यक्रमलाई पूर्व योजना अनुसार यथावत् राखेको सङ्घकी महासचिव डा.देवका कुमारी आचार्यले जानकारी दिनुभयो ।
सङ्घले आफ्ना १५ बुँदे माग पूरा नभएसम्म देशव्यापी रुपमा सरकारी, निजी, गैरसरकारी र मेडिकल कलेजमा अत्यावश्यक बाहेकका नर्सिङ सेवाहरु बन्द गर्ने चेतावनी दिएको छ। साथै आन्दोलनमा सहभागी नर्समाथि कुनै दबाब वा धम्की नदिन सबैलाई आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले असन्तुष्ट नर्सहरूसँग आपसी छलफलमार्फत एक महिनाभित्र दीर्घकालीन समाधान ल्याउने प्रयास गरिने बताउनुभयो र आन्दोलनरत नर्सहरूलाई कार्यमा फर्किन अनुरोध गर्नुभयो।
ग्रान्डी इन्टरनेशनल अस्पतालका नर्स तथा स्वास्थ्यकर्मीहरूको आन्दोलन हेर्नुहोस् :
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

