नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आन्दोलनरत नर्सका माग सम्बोधन गर्न बैठक बस्न लागेको छ। नेपाल नर्सिङ संघले शनिबार सरकारसँग नर्सहरुको विभिन्न मागमा सहमति गरेको थियो। तर, आन्दोलनरत नर्सहरुले उक्त सहमतिपछि पनि विरोध जारी राखेपछि मन्त्रालयले पुनस् बैठकको निर्णय गरेको हो।
अफिनका अध्यक्ष डा. पदम खड्काले मन्त्रालयमा आज दिउँसो ३ बजे बैठक बस्ने जानकारी दिएका छन्। नर्सिङ संघले नर्सहरुको माग पूरा नहुँदै सहमति गरेको भन्दै केही आन्दोलनरत नर्सहरुले संघको कार्यालय घेराउ पनि गरेका थिए।
यसपछि आन्दोलनरत नर्सहरुको प्रतिनिधि र नर्सिङ संघका प्रतिनिधिहरुबीच आकस्मिक छलफल भएको थियो। छलफलपछि नर्सिङ संघले आन्दोलनरत नर्सहरुको माग अनुसार आन्दोलन जारी राख्ने सहमति जनाएको छ। सरकारले नर्सिङ सम्बन्धी समस्याको समाधानका लागि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा.डा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरेको छ।
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
चिकित्सकमाथि कुटपिट गर्ने दोषीलाई तत्काल कारबाही गर्न चिकित्सक संघको माग
शुक्रबार, असोज २, २०८३
