नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल नर्सिङ परिषद्को हालै सम्पन्न लाइसेन्स (नाम दर्ता) परीक्षामा प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङतर्फको नतिजा निकै कमजोर आएको छ। परिषद्को परीक्षा समितिका अनुसार यसपटक पीसीएल नर्सिङको परीक्षा दिने मध्ये जम्मा १७.४४ प्रतिशत मात्र उत्तीर्ण भएका छन्।
परिषद्ले १६ देखि १८ कात्तिकसम्म कम्प्युटर प्रणालीमार्फत परीक्षा सञ्चालन गरेको थियो। सो पीसीएल नर्सिङ परीक्षाका लागि ६४५ जनाले फारम भरे पनि परीक्षाका बेला ६०२ जना सहभागी भएका थिए । ती मध्ये १०५ जना मात्रै उत्तीर्ण भएका हुन् ।
यस्तै बीएस्सी नर्सिङ तर्फ ४५.१ प्रतिशत उत्तीर्ण भएका छन् । बीएस्सी नर्सिङमा कुल २१७ जनाले फारम भरे पनि परीक्षाका बेला २१० जना उपस्थित थिए । ती मध्ये ९६ जना मात्रै पास भएका हुन् ।
यस्तै विशेषज्ञ नर्सको नाम दर्ता परीक्षामा ५६.१८ प्रतिशत पास भएका छन् । सो परीक्षाका लागि कुल ९८ जनाले फारम भरेका थिए । ती मध्ये ८९ जना परीक्षामा सहभागी भए भने उत्तीर्ण ५० जना मात्रै भएका छन् ।
तर बीएमएस (व्याचलर अफ मिडवाइफ्री)मा भने नतिजा सत प्रतिशत आएको छ । परिषद्का अनुसार परीक्षाका लागि २८ जनाले फारम भरे पनि २७ जना परीक्षामा सहभागी थिए । परीक्षामा सहभागी भएका सबै २७ जना नै उत्तीर्ण भएका हुन् ।
परीक्षा समितिका अनुसार पीसीएल नर्सिङमा यसपटक नतिजा कमजोर हुनुको कारण पुराना र पटक–पटक अनुत्तीर्ण भइरहेका विद्यार्थीहरूको सहभागिता बढ्नु हुनसक्ने अनुमान गरिएको छ। समितिका संयोजकका अनुसार, “यसपटक फ्रेस विद्यार्थी कम र पहिल्यै असफल भएका विद्यार्थी धेरै भएकाले नतिजा कमजोर आएको देखिन्छ।”
परिषद्ले उत्तीर्ण भएका विद्यार्थीहरूका लागि प्रमाणपत्र वितरण कार्यक्रम २३, २४ र २५ कात्तिकका लागि तय गरेको छ। साथै, नतिजामा असन्तुष्ट परीक्षार्थीहरूले ३५ दिनभित्र पुनरावलोकनका लागि निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
नेपाल चिकित्सक संघको उपाध्यक्ष पदमा डा. एकानन्द सिंहको स्वतन्त्र उम्मेदवारी
आइतबार, मंसिर २८, २०८२
चितवनमा पोहोरको तुलनामा डेंगी र स्क्रब टाइफस संक्रमण घट्दो
आइतबार, मंसिर २८, २०८२
एक वर्षदेखि चिकित्सकविहीन छ पाटनको भेटेरिनरी अस्पताल
आइतबार, मंसिर २८, २०८२
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माणमा अब ढिलासुस्ती सह्य नहुने : कुलमान घिसिङ
आइतबार, मंसिर २८, २०८२
