नेपाल हेल्थ न्युज, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण अत्यधिक स्तरमा पुगेपछि श्वासप्रश्वास तथा आँखासम्बन्धी रोगका बिरामीको सङ्ख्या तीव्र रूपमा बढेको बताइएको छ।
स्थानीय चिकित्सकका अनुसार पछिल्ला केही दिनयता अस्पतालहरूमा रुघा–खोकी, दम, नाक बग्ने र आँखाबाट पानी आउनेजस्ता समस्या लिएर आउने बिरामीहरूको भीड बढेको छ। वायु गुणस्तर सूचकाङ्क 'खराब' श्रेणीमा पुगेसँगै, विशेष गरी दक्षिणी दिल्ली क्षेत्रमा धुवाँको तह बाक्लिँदै गएको बताइन्छ।
प्रदूषण नियन्त्रणका लागि दिल्ली सरकारले रुख रोप्ने, सडकमा पानी छर्कने तथा सार्वजनिक ठाउँका बत्तीका खम्बामा ‘वाटर मिस्ट स्प्रेयर’ जडान गर्ने जस्ता उपायहरू अपनाएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार, प्रदूषित धुवाँका कारण आँखासम्बन्धी समस्यामा करिब ६० प्रतिशत वृद्धि भएको चिकित्सकहरूको अनुमान छ। विशेषज्ञहरूले यस्तो धुवाँ फोक्सो मात्र नभई आँखाका लागि पनि हानिकारक हुने चेतावनी दिएका छन्।
राम मनोहर लोहिया अस्पतालका प्राध्यापक पुलिन कुमार गुप्ताका अनुसार, हाल अस्पतालमा आउने करिब २२ देखि २५ प्रतिशत बिरामी वायु प्रदूषणसँग सम्बन्धित रोगका छन्।
बालबालिका र वृद्धवृद्धा बढी जोखिममा रहेको बताउँदै चिकित्सकहरूले अत्यावश्यक नभएसम्म बाहिरी गतिविधि सीमित गर्न र घरभित्रै रहने सल्लाह दिएका छन्।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
