नेपाल हेल्थ न्युज, दिल्ली । भारतको राजधानी दिल्लीमा आइतबार वायु प्रदूषणले खतराको स्तर पार गरेको छ। बिहान करिब ९ः४५ बजे सहरको औसत वायु गुणस्तर सूचकाङ्क एक्यूआई ६२१ मापन गरिएको छ, जुन ‘गम्भीर’ श्रेणीमा पर्छ।
केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका पछिल्ला तथ्याङ्कअनुसार, बिहान ७ बजे नै दिल्लीका विभिन्न क्षेत्रमा प्रदूषणको मात्रा अत्यधिक थियो। आनन्द विहारमा (एक्यूआई) ४१२, अलिपुरमा ४१५, र बवानामा सबैभन्दा उच्च ४३६ रेकर्ड गरिएको छ। त्यसैगरी, चाँदनी चौकमा ४०९, आरके पुरममा ४२२ र पटपडगञ्जमा ४२५ मापन गरिएको हो।
वातावरणमा बढ्दो धुलो र धुवाँका कारण स्वास्थ्य जोखिम बढेको भन्दै वातावरण विज्ञहरूले नागरिकलाई सकेसम्म घरभित्रै रहन, बाहिर निस्कँदा मास्क प्रयोग गर्न तथा बालबालिका र वृद्धहरूलाई प्रदूषित स्थानमा नलग्न सल्लाह दिएका छन्।
अन्तर्राष्ट्रिय वायु निगरानी संस्थाका अनुसार, यसै समयमा पाकिस्तानको लाहोरमा एक्यूआई ३५८ र कुवेत सिटीमा २६९ पुगेको छ। नेपालकै राजधानी काठमाडौँ पनि पछाडि छैन – ११५ एक्यूआईसहित यो विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा १२औँ स्थानमा परेको छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
