नेपाल हेल्थ न्युज, दिल्ली । भारतको राजधानी दिल्लीमा आइतबार वायु प्रदूषणले खतराको स्तर पार गरेको छ। बिहान करिब ९ः४५ बजे सहरको औसत वायु गुणस्तर सूचकाङ्क एक्यूआई ६२१ मापन गरिएको छ, जुन ‘गम्भीर’ श्रेणीमा पर्छ।
केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका पछिल्ला तथ्याङ्कअनुसार, बिहान ७ बजे नै दिल्लीका विभिन्न क्षेत्रमा प्रदूषणको मात्रा अत्यधिक थियो। आनन्द विहारमा (एक्यूआई) ४१२, अलिपुरमा ४१५, र बवानामा सबैभन्दा उच्च ४३६ रेकर्ड गरिएको छ। त्यसैगरी, चाँदनी चौकमा ४०९, आरके पुरममा ४२२ र पटपडगञ्जमा ४२५ मापन गरिएको हो।
वातावरणमा बढ्दो धुलो र धुवाँका कारण स्वास्थ्य जोखिम बढेको भन्दै वातावरण विज्ञहरूले नागरिकलाई सकेसम्म घरभित्रै रहन, बाहिर निस्कँदा मास्क प्रयोग गर्न तथा बालबालिका र वृद्धहरूलाई प्रदूषित स्थानमा नलग्न सल्लाह दिएका छन्।
अन्तर्राष्ट्रिय वायु निगरानी संस्थाका अनुसार, यसै समयमा पाकिस्तानको लाहोरमा एक्यूआई ३५८ र कुवेत सिटीमा २६९ पुगेको छ। नेपालकै राजधानी काठमाडौँ पनि पछाडि छैन – ११५ एक्यूआईसहित यो विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा १२औँ स्थानमा परेको छ।
'किशोर किशोरी डिजिटल पार्क' सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
आइतबार, मंसिर २१, २०८२
खजुरीको पफ बजारबाट फिर्ता गर्न विभागको निर्देशन
आइतबार, मंसिर २१, २०८२
बरिष्ठ न्युरो सर्जन डा. बसन्त पन्तलाई 'कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार'
आइतबार, मंसिर २१, २०८२
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
