नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका विभिन्न अस्पताल र निकायहरूमा अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य बीमा बोर्ड काठमाडौं, गेटा अस्पताल धनगढी (कैलाली), सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा (बाँके), डडेल्धुरा अस्पताल (डडेल्धुरा) र कान्ति बाल अस्पताल (काठमाडौं) मा आवश्यक दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलका अनुसार यो निर्णय स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्ने उद्देश्यले गरिएको हो। उनका अनुसार अस्थायी दरबन्दीले ती अस्पतालहरूमा जनशक्ति अभाव न्यूनीकरण गर्न सहयोग पुर्याउनेछ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
