नेपाल हेल्थ न्युज, धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार खर्च प्रदेश सरकारले गर्ने घोषणा गरेका छन्।
मुख्यमन्त्री यादवले बुधबार जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्दा सो जानकारी दिएका हुन्। उनका अनुसार सबै घाइतेहरूको अवस्था अहिले सामान्य छ र उनीहरूको उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्नेछ।
मंगलबार मुख्यमन्त्री यादवले पदभार ग्रहण गरिरहँदा मधेस भवन बाहिर सात राजनीतिक दलका कार्यकर्ता र नेताहरूले विरोध प्रदर्शन गरेका थिए। प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले लाठीचार्ज गरेपछि १६ जना भन्दा बढी व्यक्ति घाइते भएका थिए।
मुख्यमन्त्रीले शान्तिपूर्ण रूपमा विचार अभिव्यक्त गर्नु सबैको अधिकार भएको उल्लेख गर्दै भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन सरकार सचेत रहने बताए।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
