नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्सलगायत स्वास्थ्यकर्मीको सेवा र सुविधासम्बन्धी प्रतिवेदन तयार गर्न गठन गरेको कार्यदलमा थप सात जना प्रतिनिधि समावेश गरिएको छ। कार्तिक २१ गते बसेको बैठकमा विभिन्न पेशागत संघ–संगठनबाट सदस्य थप गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
निजी, सामुदायिक तथा शिक्षण अस्पतालमा कार्यरत नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूले पाउने सेवा–सुविधा मूल्यांकन गर्न उक्त कार्यदल गठन गरिएको हो।
कार्यदलमा नेपाल मेडिकल एशोसिएसनका महासचिव डा. सञ्जीव तिवारी, नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एशोसिएसनका अध्यक्ष माइकल देवकोटा, नेपाल फर्मास्युटिकल्स एशोसिएसनका अध्यक्ष ललित मोहन पन्त र नेपाल पब्लिक हेल्थ एशोसिएसनका कार्यवाहक अध्यक्ष तेजप्रसाद दुलाललाई समावेश गरिएको छ।
त्यसैगरी, नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेश कुमार झा, मेडिकल ल्याबोरेटरी अफ नेपालका अध्यक्ष राजेन्द्र खड्का तथा हेल्थ असिस्टेन्ट संघ नेपालका अध्यक्ष दाताराम अधिकारीलाई समेत कार्यदलमा नियुक्त गरिएको मन्त्रालयले जानकारी दिएको छ।
न्यूनतम पारिश्रमिक र सेवा–सुविधाको माग गर्दै नर्सहरू आन्दोलनरत रहँदा मन्त्रालयले कार्तिक २ गते कार्यदल गठन गरेको थियो। आन्दोलनरत नर्सहरूको माग सम्हाल्न सहजीकरण गर्ने, साथै अल्पकालीन र दीर्घकालीन सुधारका सुझावसहित कार्यान्वयनयोग्य प्रतिवेदन तयार पार्ने जिम्मेवारी कार्यदललाई दिइएको छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
