नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य संस्थामा उपलब्ध गराइएका एम्बुलेन्सहरू अस्पतालका आकस्मिक स्वास्थ्य सेवामा मात्र प्रयोग गर्नुपर्नेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत गराएको छ। मन्त्रालयका अनुसार, केही एम्बुलेन्सहरू पूर्वनिर्धारित स्वास्थ्य सेवाबाहेक अन्य प्रयोजनमा प्रयोग भइरहेका छन्, जसको कानुनी कारबाहीदेखि खारेजीसम्मको प्रक्रिया हुनसक्ने छ।
स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइले जारी गरेको सूचनामा हाल विभिन्न जिल्लामा एम्बुलेन्स सेवा दुरुपयोग, व्यापारिक प्रयोग र निर्देशिकाविपरीत सञ्चालन भएको गुनासो बढेको जनाइएको छ।
एम्बुलेन्स सेवा निर्देशिका, २०८२ अनुसार, एम्बुलेन्स सञ्चालन, अनुमति नवीकरण, अनुगमन तथा खारेजसम्बन्धी स्पष्ट व्यवस्था रहेको भन्दै मन्त्रालयले सबै स्वास्थ्य सेवा प्रदायक, एम्बुलेन्स संचालक र व्यवस्थापन समितिलाई निर्देशिका कडाइका साथ पालना गर्न आग्रह गरेको छ।
त्यसैगरी, भारत–नेपाल आवत–जावतका लागि भारतीय दूतावासबाट आवश्यक प्रमिट प्राप्त गरी मापदण्ड पूरा गरेका एम्बुलेन्सहरूलाई मात्र अनुमति दिइने र १० वर्षभन्दा पुराना एम्बुलेन्सहरूको सञ्चालन अनुमति खारेज हुन सक्ने व्यवस्था रहेको पनि सूचनामा उल्लेख गरिएको छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
