नेपाल हेल्थ न्युज, काठमाडौं । ललितपुरको किष्ट मेडिकल कलेज शिक्षण अस्पतालले भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालसँग स्वास्थ्य सेवा उन्नतिमा केन्द्रित सहकार्य गर्दै औपचारिक सम्झौता गरेको छ। सेवा विस्तार र गुणस्तर वृद्धि गर्ने उद्देश्यसहित शुक्रबार ललितपुरमै दुई संस्थाबीच सम्झौता सम्पन्न भएको हो।
सम्झौतामा मेदान्त अस्पतालका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवनित मल्होत्रा र महाप्रबन्धक अमित कुमार ओझाको उपस्थितिमा हस्ताक्षर गरिएको किष्ट अस्पतालले जनाएको छ।
किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यका अनुसार सहकार्यपछि दुवै अस्पतालबीच प्रविधि, विशेषज्ञता तथा चिकित्सकीय सीप आदानप्रदान हुनेछ। यसले किष्टमा अत्याधुनिक उपकरणसहित जटिल रोगको उपचार, शल्यक्रिया र फलोअप सेवा थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
सहकार्यले मुटु शल्यक्रिया, बोनम्यारो प्रत्यारोपण, रेडिएसन अंकोलोजी लगायतका क्षेत्रमा उपचार क्षमता वृद्धि हुने अस्पतालको भनाइ छ। यस्तै चिकित्सक तथा प्राविधिक जनशक्तिका लागि तालिम, प्रशिक्षण र अनुभव आदानप्रदानका अवसर पनि उपलब्ध हुनेछन्।
दुवै संस्थाबीच टेलिमेडिसिन प्रणाली स्थापना गर्ने र गम्भीर अवस्थाका बिरामीलाई एयर एम्बुलेन्समार्फत रेफरल तथा उपचार प्रक्रिया सहज बनाउने योजना समेत सम्झौतामा समेटिएको छ।
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

