काठमाडौं। नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्वका लागि डा. विश्वराज दवाडीले सोमबार अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै चिकित्सकहरूको सुरक्षा, पेसागत स्वाभिमान र स्वास्थ्य सेवाको गुणस्तरलाई आफ्नो मुख्य एजेन्डा बनाउनुभएको छ । ।
उहाँले पछिल्ला वर्षहरूमा चिकित्सकमाथि बढ्दै गएको हिंसा, पेसामा कमजोरी आएको विश्वास र ब्रेन ड्रेन जस्ता चुनौतीले स्वास्थ्य प्रणाली नै जोखिममा परेको बताउनुभयो। 'एनएमए अब केवल दर्ता वा भेला गर्ने संस्था होइन, स्वास्थ्य प्रणालीको मेरुदण्ड हो'-डा. दवाडीले भन्नुभयो ।
डा. दवाडीले सार्वजनिक गर्नुभएको एजेन्डामा जिरो टोलरेन्स अन भाइलेन्स, अनिवार्य मेडिकल क्षतिपूर्ति बीमा, पारिश्रमिक एकरूपता, नीति निर्माणमा एनएमएको अनिवार्य सहभागिता, डिजिटल एनएमए र युवा तथा श्रमजीवी चिकित्सकको सम्मान जस्ता विषयलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।
उहाँ भन्नुहुन्छ— 'अब ‘यत्तिकै चल्छ’ भन्ने सोच बदल्ने बेला आएको छ। सुरक्षित, सम्मानित र गुणस्तरीय स्वास्थ्य सेवाका लागि एनएमए सशक्त भूमिकामा जानुपर्छ।'
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

