नेभिगेशन
स्वाभिमानसहितको पेशा—डा. दवाडीको दृष्टि 

डा. विश्वराज दवाडीद्धारा एनएमए अध्यक्षमा उम्मेदवारी घोषणा: ‘सुरक्षा–स्वाभिमान–गुणस्तर’ मुख्य एजेन्डा

एनएमए अब केवल दर्ता वा भेला गर्ने संस्था होइन, स्वास्थ्य प्रणालीको मेरुदण्ड 

काठमाडौं। नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्वका लागि डा. विश्वराज दवाडीले सोमबार अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै चिकित्सकहरूको सुरक्षा, पेसागत स्वाभिमान र स्वास्थ्य सेवाको गुणस्तरलाई आफ्नो मुख्य एजेन्डा बनाउनुभएको छ । । 

उहाँले पछिल्ला वर्षहरूमा चिकित्सकमाथि बढ्दै गएको हिंसा, पेसामा कमजोरी आएको विश्वास र ब्रेन ड्रेन  जस्ता चुनौतीले स्वास्थ्य प्रणाली नै जोखिममा परेको बताउनुभयो। 'एनएमए अब केवल दर्ता वा भेला गर्ने संस्था होइन, स्वास्थ्य प्रणालीको मेरुदण्ड हो'-डा. दवाडीले भन्नुभयो । 

डा. दवाडीले सार्वजनिक गर्नुभएको एजेन्डामा जिरो टोलरेन्स अन भाइलेन्स, अनिवार्य मेडिकल क्षतिपूर्ति बीमा, पारिश्रमिक एकरूपता, नीति निर्माणमा एनएमएको अनिवार्य सहभागिता, डिजिटल एनएमए  र युवा तथा श्रमजीवी चिकित्सकको सम्मान जस्ता विषयलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।

उहाँ भन्नुहुन्छ— 'अब ‘यत्तिकै चल्छ’ भन्ने सोच बदल्ने बेला आएको छ। सुरक्षित, सम्मानित र गुणस्तरीय स्वास्थ्य सेवाका लागि एनएमए सशक्त भूमिकामा जानुपर्छ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष