नेपाल हेल्थ न्युज, काठमाडौं । जेनजी आन्दोलनसँग जोडिएका केही अगुवाहरूले डिम्ब तस्करीसम्बन्धी मुद्दामा महान्यायाधिवक्ता सविता भण्डारीको नाम जोडिएको समाचारबारे स्पष्टिकरण माग गरेका छन्। मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै उनीहरूले यो विषयमा तत्काल ध्यानदिन आग्रह गरेका हुन्।
उनका अनुसार, सञ्चारमाध्यममा आएको जानकारी सही हुने हो भने महान्यायाधिवक्ताले पदबाट राजीनामा दिनुपर्ने माग छ। कर्णाली प्रदेश जेनजी संयोजक सुप्रियाराज्यलक्ष्मी शाही र अगुवा सोम शर्मालगायतले हस्ताक्षर गरेको पत्रमा भनिएको छ— ‘यदि महान्यायाधिवक्ता भण्डारीले डिम्ब तस्करीसंग सम्बन्धित कसुरमा संलग्न आफ्नो लगानी रहेको कम्पनीलाई उन्मुक्ति दिएको समाचार सत्य हो भने, उनले चाँडो निर्णय गरी राजीनामा दिनुपर्छ।’
पत्रमा अहिलेको सरकार जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार, नातावाद र मनपरीबिरुद्धको सन्देशबाट बनेको भन्दै, जनहितका मुद्दामा सरकारको तर्फबाट वकालत गर्ने निकायमै गम्भीर गम्भीर प्रश्न उठ्नु दुःखद रहेको उल्लेख छ।
यसअघि प्रहरीले होप फर्टिलिटी एन्ड डायग्नोस्टिक क्लिनिकका सञ्चालकसहित सात जनाविरुद्ध नाबालिग किशोरीलाई आर्थिक प्रलोभनमा पारी अवैध रूपमा डिम्ब बेचबिखन गरेको आरोपमा मुद्दा अघि बढाएको थियो।
सीआईबीको अनुसन्धानमा गिरोहले नाबालिगबाट डिम्ब संकलन गरी उच्च मूल्यमा बेच्ने कार्य भएको खुलेको थियो। सोही आधारमा प्रहरीले बालबालिकासम्बन्धी ऐन २०७५ अनुसार मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो।
तर त्यसपछि महान्यायाधिवक्ता भण्डारीले आफू तथा परिवारसँग सम्बन्धित रहेको बताइने होप फर्टिलिटी एन्ड रिसर्च सेन्टरलाई उक्त प्रकरणमा क्लिन चिट दिएको जानकारी सार्वजनिक भएपछि आलोचना बढेको छ। गत ३० असोजमा डा. स्वस्ति शर्मालगायतलाई मुद्दा नचलाउने निर्णय भएपछिका ती प्रतिक्रियाबीच जेनजी पक्षले यसबारे प्रष्ट जवाफ माग्दै आएको हो।
यही विषय लिएर जेनजी टोलीले प्रधानमन्त्रीलाई भेट्ने प्रयास सोमबारदेखि गरे पनि सम्भव नभएपछि मंगलबार शाही सिंहदरबारमै धर्नामा बसेकी थिइन्। त्यसपछि मात्र प्रधानमन्त्रीका सल्लाहकार अजयभद्र खनाल र अन्य सदस्यहरूले टोलीसँग भेटेर माग प्रधानमन्त्रीसम्म पुर्याइने आश्वासन दिएका थिए।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
