नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ तोकेको छ। यसअघि स्वास्थ्य व्यवसायीहरूले ६ हजार ५ सय रुपैयाँसम्म शुल्क लिने गरेका थिए।
तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा ८ चैत २०८१ मा मन्त्रीस्तरीय निर्णय हुँदै सबै स्वास्थ्य परीक्षण प्याकेजको शुल्क ९ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको थियो। तर, त्यस निर्णय कार्यान्वयनमा आउन सकेको थिएन।
सरकारले स्वास्थ्य परीक्षण सेवाको गुणस्तर सुधार गर्न ३४ प्रकारका परीक्षण अनिवार्य गरेको छ। हाल स्वास्थ्य व्यवसायीहरूले उक्त शुल्क कार्यान्वयनमा ल्याएका छन्। नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले संस्थागत सदस्यहरूलाई पत्राचार गर्दै नयाँ शुल्क लागू गर्न निर्देशन दिएका हुन्।
महासंघका अनुसार, सबै स्वास्थ्य संस्था प्रविधिमैत्री (डिजिटलाइजेसन) प्रणालीमा रूपान्तरण हुने कार्य मन्त्रालयले निरन्तर गर्दै आएको छ।
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

