नेपाल हेल्थ न्युज, काठमाडौं । पेट रोग विशेषज्ञहरूको पेशागत संस्था नेप्लीज सोसाइटी अफ ग्यास्ट्रोएन्टेरोलोजिष्ट्सको अध्यक्षमा प्रा.डा. शशी शर्मा नियुक्त हुनु भएको छ।
शर्मा अध्यक्ष भएको १२ सदस्यीय नयाँ कार्यसमिति गत साउनमै चयन भए पनि, चार महिनापछि औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको हो।
नयाँ कार्यसमितिमा अध्यक्ष शशी शर्मा, उपाध्यक्ष भुपेन्द्रकुमार बस्नेत, महासचिव डा राहुल पाठक, सहसचिव डा नन्दु सिलवाल, कोषाध्यक्ष डा विनोद कार्की, सहकोषाध्यक्ष विवेककुमार पूर्वे र सदस्यहरू डा मोहन भुसाल, डा कुमुद भट्टराई, डा सन्दीपराज कुवर, डा दीपकराज पाण्डे, डा आध्याश्री कार्की र सञ्जीत कार्की रहेका छन्। नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ।
प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
मञ्जनको गुणस्तर नियन्त्रण र बजार निगरानीमा ध्यान दिन डेन्टल एसोसिएसनको माग
शुक्रबार, माघ १६, २०८२
बिरामीलाई अनावश्यक रिफर नगर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन
शुक्रबार, माघ १६, २०८२
पाठेघरको शल्यक्रिया गराउन पुगेकी महिलाको मृत्यु
शुक्रबार, माघ १६, २०८२
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२ट्रेन्डिङ
