नेपाल हेल्थ न्युज, काठमाडौं । वैदेशिक रोजगारीमा पठाइने नेपाली श्रमिकका लागि स्वास्थ्य परीक्षण शुल्क ९ हजार ५ सय रुपैयाँ पुर्याएर बढाइएको सरकारी निर्णयप्रति म्यानपावर व्यवसायीहरूले कडा विरोध जनाएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १० मंसिरदेखि लागू हुने गरी शुल्क वृद्धि गरेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरोकारवाला पक्षसँग कुनै छलफल, समन्वय वा सूचना बिनानै यस्तो कदम चालिएको आरोप लगाएको छ।
संघका महासचिव महेशकुमार बस्नेतद्वारा जारी विज्ञप्तिमा मन्त्रीविहीन अवस्थामा प्रधानमन्त्रीकै मातहत रहेको मन्त्रालयले अवैज्ञानिक रूपमा शुल्क बढाएको उल्लेख गर्दै यसले श्रमिकमाथि अनावश्यक आर्थिक बोझ थपेको र सुशासन तथा पारदर्शिताका आधारभूत मान्यतामाथि ठाडो चुनौती दिएको भनिएको छ।
गन्तव्य मुलुकमा अनिवार्य नभएका परीक्षणसमेत थपेर खर्च बढाइएकाले श्रमिकहरू अन्यायपूर्ण भारमा परिरहेको संघको तर्क छ।
नेपालमा गरिने केही मेडिकल परीक्षण केही मुलुकले स्वीकार नगर्ने भएकाले विदेश पुगेपछि फेरि परीक्षण दोहोर्याउनुपर्ने, ‘मेडिकल अनफिट’ भएर फर्कनु परेमा कामदार र म्यानपावर दुवैलाई आर्थिक नोक्सानी व्यहोर्नुपर्ने अवस्था रहेकाले शुल्क वृद्धि वर्तमान परिस्थितिमा न्यायसंगत र समयसापेक्ष नभएको संघले जनाएको छ। वैदेशिक रोजगारीलाई देशको आर्थिक मेरुदण्ड मान्दै संघले सुधार आवश्यक भए सरोकारवालाको आवाज सुन्नुपर्नेमा उल्टै श्रमिक र व्यवसायी दुवैलाई प्रभावित पार्ने निर्णय गरिएको टिप्पणी गरेको छ।
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३
बिदा स्वीकृत नगरी लामो समय अनुपस्थित दुई स्टाफ नर्समाथि कारबाहीको तयारी
बिहीबार, असोज १, २०८३
