नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले प्रकाशन गरेको आ.व. २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा ‘न्जार’ प्रतिवेदनले नेपालमा स्वास्थ्य क्षेत्रका उपलब्धि र चुनौतीहरूलाई उजागर गरेको छ । रिपोर्ट अनुसार दिगो विकास लक्ष्य (एस–डी–जी) पूरा गर्ने क्रममा मिश्रित प्रगति देखिएको छ भने केही लक्ष्यमा परिमार्जन आवश्यक छ ।
स्वास्थ्य लक्ष्यमा सुधार आवश्यक
प्रतिवेदनमा मातृ मृत्यु अनुपात (एम–एम–आर) प्रति १ लाख जीवित जन्ममा ७० बाट १ सय १० र नवजात तथा पाँच वर्ष मुनिका बाल मृत्यु दर क्रमशः १२ बाट १५ र २० बाट २५ मा समायोजन गर्नुपर्ने सिफारिस गरिएको छ ।
आधारभूत अस्पताल र विशेषज्ञ सेवा विस्तार
सरकारले ६ सय ५७ स्थानीय तहमा आधारभूत अस्पताल स्थापना कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । नोभेम्बर २०२५ सम्म ७३ अस्पताल निर्माण सम्पन्न भइसकेको छ भने ४ सय २७ वटाको निर्माण कार्य जारी छ । सरकारी अस्पतालहरूले कलेजो र मिर्गौला प्रत्यारोपण जस्ता जटिल शल्यक्रियाहरू सफलतापूर्वक सम्पन्न गरी देशमा उच्चस्तरीय स्वास्थ्य सेवामा आत्मनिर्भरता बढाएको छ ।
मानव संसाधन र शिक्षा सुधार
चिकित्सा शिक्षा आयोग ‘एम.ई.सी’ ले स्नातक र स्नातकोत्तर तहमा क्रमशः ८ हजार र २ हजार सिट उपलब्ध गराएको छ । स्वास्थ्यकर्मी १३ हजार भन्दा बढीलाई तालिम दिइएको छ भने नर्सहरूको न्यूनतम तलब रु. ३४ हजार ७३० मा निर्धारण गरिएको छ।
डिजिटल स्वास्थ्य र स्वास्थ्य डाटा व्यवस्थापन
‘हेल्थ फ्यासिलिटी रेजिस्ट्री, हेल्थ वर्कफोर्स रेजिस्ट्री’ (एच–एम–आई–एस) जस्ता डिजिटल प्लेटफर्महरूको अद्यावधिक जारी राखिएको छ । राष्ट्रिय स्वास्थ्य सर्वेक्षणका लागि स्वदेशी लगानी मार्फत स्वास्थ्य डेटा सङ्कलन गर्ने योजना बनाइएको छ ।
स्वास्थ्य वित्तीय चुनौतीहरू
स्वास्थ्य क्षेत्रमा बजेट विगत दशकमा पाँच गुणा बढे पनि राष्ट्रिय बजेटको १०% भन्दा कम रहेको छ । कुल स्वास्थ्य बजेटको ७२% सरकारी स्रोतबाट आएको छ । स्वास्थ्य बीमा प्रणाली सीमित कभरेज, कम नवीकरण दर र अपर्याप्त भुक्तानीका कारण चुनौतीपूर्ण रहेको रिपोर्टमा उल्लेख छ ।
जनस्वास्थ्य र समुदाय स्वास्थ्य पहल
वीरगञ्ज हैजा (२०२५) र पोलियो (२०२४) प्रतिकार्यले आपतकालीन स्वास्थ्य व्यवस्थापनमा सुधार देखाएको छ । सडक दुर्घटना, आत्महत्या, र जलवायु परिवर्तनले स्वास्थ्य जोखिम बढाएकोमा प्रमाण आधारित पहल आवश्यक रहेको छ । ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ कार्यक्रम अन्तर्गत ४ सय ११ स्थानीय तहमा नागरिक आरोग्य केन्द्र र १५ सय भन्दा बढी नागरिक आरोग्य समिति स्थापना गरी आयुर्वेद, योग र स्वस्थ जीवनशैली सेवाहरू प्रदान गरिएको छ ।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

