नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाली क्रिकेट र स्वास्थ्य क्षेत्रमा सक्रिय इशान पाण्डेले हिजो नेपाल प्रिमियर लिग-२ (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टोली सुदूरपश्चिमलाई जनकपुर बोल्टविरुद्ध शानदार जित दिलाए।
उनले मात्र ३५ बल खेल्दै ५६ रन बनाए र ‘प्लेयर अफ द म्याच’को अवार्ड पनि हात पारे। यस उत्कृष्ट प्रदर्शनका लागि पाण्डेलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।
पाण्डे केवल क्रिकेटर मात्र होइनन्, उनी पेशाले एमबीबीएस डाक्टर पनि हुन्। हाल धुलिखेल अस्पतालमा कार्यरत उनी, खेलबाट फुर्सद मिल्ने बित्तिकै बिरामीको सेवा गर्न पुनः अस्पताल फर्किन्छन्।
क्रिकेट मैदान र स्वास्थ्य सेवामा समान रूपमा सक्रिय रहँदै, पाण्डेले युवाहरूलाई प्रेरणा दिएका छन् कि पेशागत जीवन र रुचि दुवै क्षेत्रमा उत्कर्ष हासिल गर्न सकिन्छ।
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३ट्रेन्डिङ
२
