नेपाल हेल्थ न्युज, काठमाडौं । चिसो मौसमसँगै देशभर इन्फ्लुएन्जा (फ्लू) संक्रमण बढ्ने सम्भावना रहेको भन्दै नेपाल चिकित्सक सङ्घले जोखिममा रहेका नागरिकका लागि सरकारले निःशुल्क फ्लू खोपको व्यवस्था गर्न आग्रह गरेको छ।
सङ्घले सार्वजनिक अपिल जारी गर्दै हरेक वर्ष समयमै खोप उपलब्ध गरिनु आवश्यक रहेको उल्लेख गरेको हो।
सङ्घका अनुसार विशेष गरी बालबालिका, वृद्धवृद्धा तथा कमजोर प्रतिरक्षा भएका व्यक्तिमा फ्लूले गम्भीर असर पार्न सक्ने भएकाले उनीहरूले विशेष सावधानी अपनाउनुपर्छ।
अपिलमा रोग लागेको पछि उपचार गर्नुभन्दा पहिल्यै खोपमार्फत् रोकथाम गर्नु प्रभावकारी उपाय भएको बताइएको छ। जोखिम समूहमा पर्ने सबै नागरिकलाई समयमै फ्लू खोप लिने सुझाव समेत दिइएको छ।
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त
बिहीबार, माघ १५, २०८२ट्रेन्डिङ
