नेपाल हेल्थ न्युज, काठमाडौं । चिसो मौसमसँगै देशभर इन्फ्लुएन्जा (फ्लू) संक्रमण बढ्ने सम्भावना रहेको भन्दै नेपाल चिकित्सक सङ्घले जोखिममा रहेका नागरिकका लागि सरकारले निःशुल्क फ्लू खोपको व्यवस्था गर्न आग्रह गरेको छ।
सङ्घले सार्वजनिक अपिल जारी गर्दै हरेक वर्ष समयमै खोप उपलब्ध गरिनु आवश्यक रहेको उल्लेख गरेको हो।
सङ्घका अनुसार विशेष गरी बालबालिका, वृद्धवृद्धा तथा कमजोर प्रतिरक्षा भएका व्यक्तिमा फ्लूले गम्भीर असर पार्न सक्ने भएकाले उनीहरूले विशेष सावधानी अपनाउनुपर्छ।
अपिलमा रोग लागेको पछि उपचार गर्नुभन्दा पहिल्यै खोपमार्फत् रोकथाम गर्नु प्रभावकारी उपाय भएको बताइएको छ। जोखिम समूहमा पर्ने सबै नागरिकलाई समयमै फ्लू खोप लिने सुझाव समेत दिइएको छ।
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३ट्रेन्डिङ
२
