नेपाल हेल्थ न्युज, काठमाडौं । भरतपुर आँखा अस्पतालको पूर्वाधार विस्तारका लागि पाकिस्तानले रु १० लाख सहयोग उपलब्ध गराएको छ। मङ्गलबार अस्पताल परिसरमा आयोजित कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले सो रकमको चेक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा राजदूत हाश्मीले पाकिस्तानी सहयोगमा स्थापना भएको यस अस्पताललाई थप सबल बनाउन निरन्तर साथ दिन पाउँदा पाकिस्तान खुशी रहेको बताउनुभयो। उहाँका अनुसार यो सहयोग दुई देशबीचको मित्रता र सहकार्यको महत्वपूर्ण प्रतीकका रूपमा दीर्घकालसम्म सम्झना रहनेछ।
पाकिस्तानी दूतावासका अनुसार राजदूत हाश्मीले चितवन शिक्षण अस्पतालको अवलोकन गर्दै त्यहाँका चिकित्सा विद्यार्थीसँगसमेत अन्तर्क्रिया गर्नुभएको थियो। त्यसअघि उहाँले लुम्बिनी पुगेको र त्यहाँ लुम्बिनी विकास बोर्ड तथा लुम्बिनी नगरपालिकाका कार्यवाहक प्रमुखहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेको जानकारी दिइएको छ।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
