नेपाल हेल्थ न्युज, काठमाडौं । भरतपुर आँखा अस्पतालको पूर्वाधार विस्तारका लागि पाकिस्तानले रु १० लाख सहयोग उपलब्ध गराएको छ। मङ्गलबार अस्पताल परिसरमा आयोजित कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले सो रकमको चेक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा राजदूत हाश्मीले पाकिस्तानी सहयोगमा स्थापना भएको यस अस्पताललाई थप सबल बनाउन निरन्तर साथ दिन पाउँदा पाकिस्तान खुशी रहेको बताउनुभयो। उहाँका अनुसार यो सहयोग दुई देशबीचको मित्रता र सहकार्यको महत्वपूर्ण प्रतीकका रूपमा दीर्घकालसम्म सम्झना रहनेछ।
पाकिस्तानी दूतावासका अनुसार राजदूत हाश्मीले चितवन शिक्षण अस्पतालको अवलोकन गर्दै त्यहाँका चिकित्सा विद्यार्थीसँगसमेत अन्तर्क्रिया गर्नुभएको थियो। त्यसअघि उहाँले लुम्बिनी पुगेको र त्यहाँ लुम्बिनी विकास बोर्ड तथा लुम्बिनी नगरपालिकाका कार्यवाहक प्रमुखहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेको जानकारी दिइएको छ।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
